के के भयो कांग्रेसको एक महिना लामो बैठकमा ?

के के भयो कांग्रेसको एक महिना लामो बैठकमा ?

देउवामाथि खनिए नेता

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस केन्द्रीय समितिको महिना दिनसम्म चलेको बैठक शनिबार सकिँदैछ । चैत ९ गतेदेखि सुरु यो बैठक ३६ दिनसम्म चलेको थियो । 

मं‌सिरमा भएको निर्वाचनमा नराम्ररी पराजित भएपछि पहिलो पटक बसेको यो बैठकमा सबै नेताको आलोचनाको तारो बनेका छन् सभापति शेरबहादुर देउवा । 

३६ दिनसम्म चलेको चलेको बैठकमा के के भयो त ? स्थानीय तथा संघीय निर्वाचनको समीक्षा गर्न बसेको यो बैठक लामो समय चल्यो । तर पनि यो बैठकमा सभापति देउवाको आलोचना बाहेक कांग्रेस अन्य ठोस निचोड र उपलब्धी गर्न सकेन । 

बैठकमै हिलो छ्यापाछ्याप

संघीय निर्वाचन सकिएको पाँच महिनापछि भएको बैठकले निर्वाचनमा पराजय बेहोर्नुको ठोस कारण पत्ता लगाएर कांग्रेसलाई नयाँ गति अगाडि अहम भूमिका खेल्ने आशा आमकार्यकर्ता गरेका थिए । तर कार्यकर्ता जब निराश भए तब नेताहरु एक अर्काबीच बैठकमै हिलो छ्यापाछ्यापमा र पाखुरा सुर्कासुर्कीमा लागे । 

धेरै नेताहरुले निर्वाचनमा पराजयको कारण सभापति देउवाको गलत रवैया भएको टिप्पणी समेत गरे । सबैभन्दा रोचक पक्ष भनेको १३ औँ महाधिवेशनमा देउवालाई सभापतिका लागि समर्थन गरेका कुलबहादुर गुरुङले त्यो निर्णय आफूले फिर्ता लिएको समेत घोषणा गरे । 

हारको दोषी देउवा ?

निर्वाचनमा भएको पराजयको समीक्षा भन्दा बैठक आरोप प्रत्यारोप र दोषारोपणमै सीमित भएको छ । गुट-गुटबीच आलोचना मात्रै होइन व्यक्ति व्यक्तिका आलोचना समेत भएका छन् । देउवा पक्षले पौडेल पक्षको आलोचना गरेको भने पौडेल र सिटौला पक्षले देउवा तथा उनको नेतृत्व प्रति आक्रोश पोखेका छन् । 

देउवा पक्षका नेताले हारको कारण वाम गठबन्धन नै प्रमुख भएको बताए भने अन्यले नेतृत्व र देउवाको अक्षमतालाई हारको प्रमुख कारण ठहर्‍याए । उनीहरुले देउवाकै काराण स्थानीय तथा संघीय निर्वाचनमा हार बेहोरेको पनि आरोप लगाए ।

बैठकमा हारको कारणबारे मिहिन र गम्भीर समीक्षा नभएको युवा नेताहरुले आरोप लगाएका छन् । सभापति देउवा विधानसम्मत नचलेको पौडेल र सिटौला पक्षको आरोप छ ।

भातृ संगठन लथालिङ्ग हुनु र पदाधिकारी चयन हुन नसक्नुको प्रमुख कारण देउवाको अक्षमता नै भएको उनीहरुको आरोप छ । 

'प्रतिपक्षको भूमिका समेत कांग्रेसले सशक्त रुपमा निर्वाह गर्न सकेको छैन । पराजय पछि कांग्रेस अझ शिथिल हुँदै गएको छ', नेता शेखर कोइरालाले बैठकमा भनेका थिए, 'हँसिया हथौडामा भोट हाल्न लगाएदेखि कार्यकर्तामा उत्साह हराएको छ । कार्यकर्ताको उत्साह बढाउने कुनै कार्यक्रम समेत कांग्रेसले ल्याउन सकेको छैन ।'
 
महाधिवेशन भएको २ वर्ष भइसक्दा समेत उपसभापति, महामन्त्री र सहमहान्त्रीको मनोनयन गर्न नसकेका देउवामाथि पौडेल र सिटौला दुवै गुटका नेता खन्निएका छन् । 

निर्वाचनमा नमिठो पराजयपछि देशव्यापी पुनर्जागरण अभियान थालेका युवा नेता विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएर थन्क्याउने काममा मात्रै वर्तमान नेतृत्वले गरेको आरोप पनि देउवामाथि लागेको छ । प्रवक्ता बनेसँगै पुनर्जागरण अभियान ओझेलमा परेको भन्दै अन्य युवा नेताले चिन्ता जनाएका छन् । 

पदाधिकारी चयन अलपत्र 

कांग्रेसको यही बैठकमा पदाधिकारी चयन हुने आकलन गरिएको थियो । तर देउवा र पौडल पक्षबीच भागबण्डा नमिल्दा पदाधिकारीको समेत चयन हुन सकेको छैन । अहिले देउवा पक्षमै पदाधिकारीको लागि मारामार छ । देउवा पक्षकै पदाधिकारीका आंकाक्षीहरु एकअर्कामा आरोप प्रत्यारोपमा लागेका छन् । 

उपसभापतिका दाबेदार रहेको गोपालमान श्रेष्ठ अर्का दाबेदार विमलेन्द्र निधिमाथि खनिएका छन् । दुवै उपसभापतिका आंकाक्षी हुन् । गृहमन्त्री रहँदा निधिको कृयाकलापले निर्वाचनमा कांग्रेसलाई क्षति पुगेको श्रेष्ठको आरोप छ । देउवासँग  निधि भन्दा आफुलाई साखै लेखाउन श्रेष्ठले आफ्नै गुटका निधिमाथि आक्रोश पोख्न पछि परेनन् । 

गच्छदाको पाँच घण्टा

फोरम लोकतान्त्रिक छाडेर कांग्रेसमा फर्किएका विजयकुमार गच्छदारले समेत आफ्नो भूमिका खोजेका छन् । उनले बैठकमा भनेका छन्, ‘आफ्नै घर सम्झिएर फर्किएँ, जिम्मेवारी दिनु पर्‍यो।’उनी पनि उपभापतिका दाबेदार हुन् । 

गच्छदार कांग्रेसमा फर्किँदै उनलाई उपसभापति दिने चर्चा थियो । तर उनी पनि अहिले करिब जिम्मेवारीबिहीन भएर थन्किएका छन् । त्यहीकारण उनले देउवासँग सम्मानजनक भूमिका खोजिरहेका छन् । केन्द्रीय समिति बैठकमा गच्छदारले बिहीबार र शुक्रबार मात्रै करिब ५ घण्टासम्म बोलेका छन् । 

रामचन्द्रको आक्रोश

उता बैठकमा नेता रामचन्द्र पौडेलले देउवाविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै हारको जिम्मा लिन दबाब दिएका छन् । मं‌सिरको चुनावमा पराजित भएपछि समस्यामा परेका पौडेलले आफ्नो गुटलाई बलियो बनाउन खोजे पनि देउवामाथि दबाब दिन नसकिरहेका बेला बैठकमा उनी कडारुपमा प्रस्तु भएका हुन् । 

कांग्रेस कमजोर हुनुमा देउवा नै दोषी रहेको निचोड रामचन्द्रले निकालेका छन् । चार पटक प्रधानमन्त्री भएका देउवाको भन्दा कांग्रेस र आमजनतामा गणेशमानसिंहको सम्मान रहेको भन्दै उनले देउवाको कडा आलोचना गरे ।

पौडेलले देउवाप्रति आक्रमक हुँदै भनेका थि, 'तपाईँ ४ पटक प्रधानमन्त्री बन्नुभयो, पार्टी र देशका लागि के के गर्नु भयो ?' उनले विधान विपरित गठन भएको केन्द्रीय कार्यसम्पादन समिति र संसदीय समितिबारे चाँडो निर्णय हुनुपर्ने र महासमिति बैठक जेठ मसान्तसम्म गर्नुपर्ने प्रस्ताव राखे । 

बैठकमा पौडेलले पेस गरेको लिखित पत्रको देउवा पक्षले आलोचना गरेपछि उनी अझ कडा रुपमा प्रस्तुत भएका हुन्  । 

कुलबहादुर झन् आक्रोशित

अर्का वरिष्ठ नेता कुलबहादुर गुरुङले त बैठकमा देउवालाई १३ औँ दिएको समर्थन फिर्ताको लिएको समेत घोषणा गरे। उनले महाधिवेशनमा देउवालाई दिएको समर्थन र  प्रस्ताव पनि दु:खपूर्वक फिर्ता लिएको घोषणा गरे । गुरुङ १३ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार देउवाका समर्थक थिए ।  

सिटौला पनि खन्निए 

पछिल्लो समय देउवाले वास्ता गर्न छाडेपछि अर्का नेता कृष्णप्रसाद सिटौला पनि देउवाविरुद्ध खनिएका छन् । बैठकमा संस्थापन पक्ष सभापति देउवा र नेतृत्वको बचाउमा लागेको अवस्थामा पौडेल-सिटौला पक्ष भने विरोधमा उत्रिँदै कडारुपमा प्रस्तुत भए ।  

युवाको छुट्टै माग

बैठकमा नेताहरु गगन थापा, चन्द भण्डारी, प्रदीप पौडेल र गुरुराज घिमिरे लगायतका युवाले ‘अर्ली’ महाधिवेशनको प्रस्ताव गरेका थिए । 

वर्तमान नेतृत्व असफल भएको भन्दै उनीहरुले अर्ली महाधिवेशनको प्रस्ताव गरेका हुन् । उनीहरुले कांग्रेस निर्वाचनको समीक्षा र कार्यदिशाबारेमा अवधारण प्रस्तुत गरे । तर उनीहरुको अवधारणप्रति न संस्थापन पक्ष नै गम्भीर देखियो न  पौडेल पक्ष नै । 

२०७४ मंसिर १० र २१ गते  भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका कांग्रेस नराम्रोसँग पराजित भएको थियो । पराजयसँगै केन्द्रीय र प्रदेश सरकारबाट पनि कांग्रेसले कम्तिमा ५ वर्षका लागि हात धुनुपरेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.