एक करोडको लागतमा जडान गरिएका सौर्यबत्ती बेकामे

एक करोडको लागतमा जडान गरिएका सौर्यबत्ती बेकामे

जनकपुरधाम : जनकपुर उपमहानगरपालिकाको मुख्य चोक र धार्मिक स्थल वरपर जडान गरिएका सौर्यबत्ती काम नलाग्ने भएका छन्।नगरक्षेत्रलाई उज्यालो बनाउन करिब एक करोडको लागतमा डेढ वर्षअघि मात्र जडान गरिएका सोलारबत्ती कमसल भएकै कारण बल्न छाडेका हुन्।ठेकेदार र सम्बन्धित निकायका कर्मचारीको मिलोमतोमा कमसल सोलार प्यानलन जडान गरिएको स्थानीय बताउँछन्।

ऐतिहासिक गंगासागर पोखरीको सौन्दर्य बढाउन र यसलाई रातीको बेला झिलिमिलि बनाउनका लागि निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत ४५ लाखको लागतमा २३ वटा सौर्यबत्ती चारैतिर जडान गरिएको छ। तर, ति बत्तीले सुरुमा केही दिन उज्यालो दिएपनि विस्तारै निभ्दै गएका थिए। 

जडान गराइएका बत्तीहरु मात्र नभई पोलहरु समेत कमसल रहेको स्थानीयको गुनासो छ। जनकपुरको स्वर्गद्धार स्मसनघाटका निर्माता पवन सिंघानिया भन्छन्,' सौर्यबत्ती जडान गर्नेले नियतबस भ्रष्टाचार गरेको कारण अहिले बत्ती भएर पनि अँध्यारो देखिएको हो।

जानकी मन्दिरको छेऊमै रहेको अरगजा पोखरीको डिलमा पनि चारैतिर सौर्यबत्ती जडान गरिएको छ। शहरी विकास तथा भवन निर्माण कार्यालयको बजेटबाट जडान गरिएको बत्ती साँझपख केही बेर टिलपिल गरेपनि एकपछि निभ्ने गरेको स्थानीय सुशिल कर्ण बताउँछन्। बत्तीहरु कमसल भएको भन्दै हामीले कार्यालयमा गुनासो पनि गरेका थियौं तर, सुनवाई हुन सकेन कर्णले बताए।

 सौर्यबत्ती जडानका लागि तत्कालीन जिल्ला विकास समितिले कन्सल्टेन्टलाई ५ लाख रुपैयाँ उपलब्ध गराएको थियो। वातावरणमैत्री स्थानीय शासन कार्यक्रम परियोजनाअन्तर्गत जनकपुर उपमहानगरपालिकाले २७ लाख ६४ हजारको लागतमा रामानन्दचोक, पिराडीचोक र गोरघोई पोखरीमा जडान गरेको सौर्यबत्ती पनि बल्दैन्। जनकपुर उपमहानगरपालिकाकी उपमेयर रिता झा पूर्णरुपमा बिग्रिएका बत्तीलाई हटाएर नयाँ सौर्यबत्ती जडान गर्नेबारे बैठकमा छलफल भएको बताइन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.