चितुवाको आक्रमणबाट महिला घाईते
बर्दिया: भारतको कर्तनियाघाट वन्यजन्तु आरक्ष र नेपालको बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने अन्र्तराष्ट्रिय खाता जैविकमार्गमा अवस्थित दलित महिला सामुदायिक बनमा खर काट्न गएकी एक महिलालाई चितुवाले आक्रमण गरी घाईते बनाएको छ।
बर्दियाको मधुवन नगरपालिका वार्ड नम्वर ३ निवासी ४३ वर्षिया विष्णु वुढाथोकीलाई खरकाट्ने क्रममा जैविकमार्ग अन्र्तगत खाता संरक्षित क्षेत्रमा रहेको चितुवाले आक्रमण गर्दा घाईते बनाएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले बताए।
उनले भने, 'घाँटी र खुट्टामा चोट लागेको घाईते वुढाथोकीलाई उपचारको निम्ति नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको छ।सामुदायिक वनले खरकाट्ने अनुमति दिएपछि स्थानिय उपभोक्ताहरु वनमा खरकाट्न गएका थिए। चितुवाले झम्टेपछि स्थानियको होहल्ला सुनेर चितुवा भागेको थियो।