ब्राह्मण र दलितले एउटै ठाउँमा राखे जमरा

ब्राह्मण र दलितले एउटै ठाउँमा राखे जमरा

नुवाकोट: नुवाकोटको ऐतिहासिक वेलकोटगढीमा यस वर्ष वडादशैंको लागि ब्राह्मण र दलित समुदायको जमरा एकै स्थानमा राखिएको छ। नुवाकोटको पूर्वी भेगमा रहेको वेलकोटगढी नगरपालिका वडा नं. १० स्थित निरञ्जना भगवतिको मन्दिरमा घटस्थापनाको दिन बिहीबार सामूहिक जमरा राख्ने परम्परालाई स्थानीय वाहुन, क्षेत्री र दलित परिवारले निरन्तरता दिएका हुन्।

नेपाल एकीकरण गरेका पृथ्वीनारायण शाहको पालादेखि बेलकोटगढीमा रहेको निरञ्जला भगवतिको मन्दिरमा दुई सय १३ घरधुरीका ब्राह्मण, क्षेत्री र दलित समुदायका परिवारले एकै स्थानमा जमरा राखेको वडाध्यक्ष पुर्णवहादुर त्रिपाठीले जानकारी दिए।

निरन्जना भगवतिको मन्दिरमा सामूहिक जमरा राख्न तथा पुजा सन्चालन गर्नका लागि वेलकोटगढी नगरपालिकाले एकलाख २० हजार रुपैया उपलव्ध गराएको छ।

घटस्थापनाको दिनदेखि मन्दिरमा सामूहिक रुपमा राखिएको जमराले गाउँमा छुवाछुतको प्रथा विरुद्धको अभियानका रुपमा लिन सकिने निरन्जना मन्दिर संरक्षण समितिका अध्यक्ष कालिबहादुर तिवारीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.