पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट

बुटवल : बुटवलको एक वालवालिकाको सामान बिक्री गर्ने पसलमा आगलागी भएको छ । बुटवल- ११ शान्तिचोकमा रहेको ह्याप्पी किड्स एण्ड बेबी ल्याण्डमा आगलागी हुँदा २० लाख बराबरको धनमाल क्षति भएको हो ।

आज बिहान साढे ६ बजे पसलमा आगो लागेको हो । पसल एक महिना अघिमात्रै सञ्चालनमा आएको थियो । विद्युतको मिटर बक्सबाट आगो निस्किएर सामान जलेको सञ्चालक निरञ्जन पन्तले बताए । विद्युतको भोल्टेज अनियमित हुँदा आगलागी भएको बताइएको छ ।

आगलागी भएको केही समयमै बुटवल उपमहानगरपालिकाको दमकललाई खबर गरेपनि ढिलो आउदा सबै सामान नष्ट भएको पन्तले बताए । स्थानीयले समयमा दमकल नपठाउने बुटवल उपमहानगरपालिका र विद्युत कार्यालयको लापरबाहीले ठूलो धनमाल नष्ट भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.