मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

दाङ : मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक जनाको मृत्यु भएको छ । रा २ प ४३९३ नम्बरको मोटरसाइकलको ठक्करबाट तुलसीपुर ७ मोतिपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तुलसीपुर ६ हात्तिखौवामो दुर्घटनामा परी घाइते भएका गिरीको राप्ती अञ्चल अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर लगिएको थियो ।

उनको उपचारको क्रममा कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । मोटरसाइकल चालक तुलसीपुर १९ का बसन्त थापालाई प्रहरीले नियणत्रणमा लिएको छ।

उनलाई सवारी तथा यातायात व्यवस्था २०४९ अनुसार अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.