सबै पक्षलार्इ समेट्न खोज्दा मन्त्रिमण्डल जम्बो: नेता केसी

सबै पक्षलार्इ समेट्न खोज्दा मन्त्रिमण्डल जम्बो: नेता केसी

विराटनगर: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आचारसंहितालाई पालना गर्नु दललगायत सबैको कर्तव्य भएको बताएका छन्। नेपाल प्रेस युनियन मोरङद्वारा शुक्रबार विराटनगरमा आयोजित पत्रकार भेटघाटमा उनले राज्यका सम्पूर्ण संयन्त्रले निर्वाचन आयोगलाई सहयोग गर्नुपर्ने र निर्वाचन आयोगलाई पनि पारदर्शिताका साथ कार्य गर्नुपर्ने धारणा प्रकट गरे।

 

संविधानलाई कार्यान्वयन गर्नुपर्ने पहिलो प्राथमिकता रहेको उल्लेख गर्दै केन्द्रीय सदस्य केसीले हिमाल, पहाड र तराईलाई संयोजन गरी सबैलाई राष्ट्रको मूलधारमा ल्याउनुपर्ने आवश्यकता औँल्याए।

संविधान गतिशील दस्तावेज रहेकाले समयानुकूल संविधानको संशोधन भइरहने स्पष्ट पार्दै उनले नेपाली कांग्रेस मधेशको आधुनिकीकरण र विकासका लागि निरन्तररुपमा संघर्ष गर्दै आइरहेको जानकारी गराए।

सरकारको सय दिन पूरा भएको सन्दर्भमा उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको, तेस्रो चरणको निर्वाचनमा मधेशी मोर्चालाई सहभागी गराएको भन्दै समष्टिगतरुपमा सय दिनको कार्यकाललाई सफल ठान्नुपर्ने बताए।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले संविधानलाई कार्यान्वयन गर्नुपर्ने र सबैलाई समेटेर लैजानुपर्ने भएकाले बाध्यात्मक परिस्थितिमा सरकार विस्तार भएको स्पष्ट पारे। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.