अमेरिकालाई खरानी बनाउने उत्तर कोरियाको चेतावनी
काठमाडौ : आफू माथि संयुक्त राष्ट्रसंघबाट थप नाकावन्दी लगाएपछि हालै हाइड्रोजन बम परिक्षण गरेको उत्तर कोरियाले अमेरिकालाई खरानी बनाउने र जापानलाई समुन्द्रमा दबाइदिने चेतावनी दिएको छ ।
अमेरिका र जापानले आफू माथि थप नाकावन्दी लगाउन संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा नेतृत्वदायी भूमिका निर्वाह गरेको आरोप लगाउँदै त्यस्तो चेतावनी दिएको हो । उत्तर कोरिया माथि नाकावन्दी लगाउने गरी अमेरिकाले तयार गरेको मस्यौदालाई सुरक्षापरिषदले सोमबार सर्वसम्मत रुपमा पारित गरेको थियो ।
मस्यौदा तयार गर्ने र पारित गर्नेमा जापान अमेरिकी तालमा नाचेको आरोप पनि उत्तर कोरियाले लगाएको छ । जापानले उत्तर कोरियाको त्यस्तो चेतावनीलाई उत्तेजक बक्तव्यको संज्ञा दिएको छ । जापानका एक मन्त्रीले उत्तर कोरियाको बक्तव्यले क्षेत्रीय सुरक्षा चिन्ता बढाएको र त्यो आफूहरुका लागि अस्वीकार्य रहेको प्रतिक्रिया दिएका छन् ।
अन्तराष्ट्रिय समाचार एजेन्सीको सहयोगमा