ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडान बन्द

ताप्लेजुङको सुकेटार विमानस्थलबाट उडान बन्द

ताप्लेजुङ: कञ्चनजंघा र पाथीभरा मन्दिर प्रवेशद्वारका रुपमा रहेको ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलबाट लामो समयदेखि उडान नहुँदा यात्रु मर्कामा परेका छन्। मौसम खरावीकै कारण गत असारको हवाईसेवा बन्द छ।नेपाल वायुसेवा निगमले साताको बुधबार र शुक्रबार काठमाडौँ-ताप्लेजुङ उडान भर्दै आएको थियो।लामो समयदेखि उडान रोकिएपछि बाह्य तथा आन्तरिक पर्यटक कठिन यात्रा गर्न बाध्य छन्।

 

मेची राजमार्गअन्तर्गत पहाडी क्षेत्रको सडकमा पहिरो झर्नेलगायतका कारण दुर्घटनाको जोखिम अत्यधिक हुन्छ। प्रायः यात्रुले हवाई यात्रालाई नै रोज्ने गरेका छन्। बिरामीले पनि उपचारका लागि हवाईसेवा उपभोग गर्ने गरेका छन्।

जिल्लामा बाह्य तथा आन्तरिक पर्यटकको ओहोरदोहोर निकै बाक्लो हुने गर्छ। दशैँ तिहारलगायतका चाडाबाड नजिकिँदै जाँदा उडान नहुँदा टिकट बुकिङ गर्न नसकिएको नेपाल वायुसेवा निगम ताप्लेजुङका प्रमुख विकास राईले बताए। मौसममा सुधार आए उडान हुन सक्ने बताए।

कालोपत्र गरेर दोहोरो धावन मार्ग बनाइए सेवा बन्द हुँदा मारमा परेका स्थानीयवासीको भनाइ छ।कालोपत्र गरेर दोहोरो धावन मार्ग निर्माण भएसँगै बाह्रै महिना जहाज सञ्चालन हुने भनिए पनि उडान ठप्प हुँदा स्थानीयवासी आक्रोशित बनेका छन्।

विसं २०२८ मा निर्माण भएको यो विमानस्थललाई चार दशकपछि झण्डै नौ करोडको लागतमा कालोपत्र गरिएको थियो।कालोपत्र गरिएपछि निजी कम्पनीका गोमा र तारा एयरलाइन्सले केही समय उडान भरेका थिए। हाल ती उडान बन्द छन्। पछिल्लो समयमा नेपाल वायुसेवा निगमले मात्र उडान भर्दै आएको थियो।रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.