राजधानीमा रातको रमाइलो !

राजधानीमा रातको रमाइलो !

काठमाडौँ : बदलिँदो समयसँगै मानिसका चाहना र विलासिता फेरिँदै गएको छ । सहरी जीवनमा सुखानुभूत गर्नेदेखि सहरमा रहरको पहिचान खोज्नेसम्मको एउटै गन्तव्य बन्ने गरेको छ रात्रिकालीन मनोरञ्जन । त्यसैले मनोरञ्जन व्यवसायको नाममा करोडौँ लगानी भइरहेको छ । स्वदेशी मात्र नभई विदेशी पर्यटकलाई लक्षित गरी गजल, लाइभ ब्याण्ड, क्लब, लाउञ्ज रेष्टुराँ, डिस्को, दोहोरी साँझलगायत व्यवसायमा लगानी बढेको हो ।

विभिन्न पेशा व्यवसायमा आबद्ध मानिस दिनभर कामको थकानले साँझ मनोरञ्जनका साथै थकान मेटाउन गजल, क्लब, रेष्टुराँ धाउने गरेका छन् । राजधानीका पर्यटकीयस्थल ठमेल, दरबार मार्गमात्र नभई नयाँ गन्तव्य बनेको झम्सीखेल, सुन्धारा, लाजिम्पाट, नक्साल, बानेश्वर, गौशला, नयाँबसपार्क आदि स्थानमा यस्ता व्यवसाय विस्तार भइरहेका छन् ।

पुराना डेजाबु, काउजी, सर्कल, ईबिज्जा, फायर क्लब, ओएमजी, पर्पल हेज, कर्मा, शिशा बारलगायतका क्लब तथा लाउन्ज मर्मत र लगानी थपी नयाँ संरचनासहित खुलेका छन् । लाइभ म्युजिकसहितको क्लब तथा लाउन्ज रेष्टुराँमा नेपाली र विदेशी पर्यटकको ओइरो लाग्न थालेपछि लगानी गर्ने यसतर्फ आकर्षित भएका हुन् ।

ठमेलमा विगत १५ वर्षदेखि रात्रिकालीन व्यवसाय गर्दै आउनुभएका आयुष ठकुरी व्यावसायिक सम्भावना देखेर नै यो क्षेत्रमा लगानी बढाउँदै छन्।
अस्वस्थ्य प्रतिस्पर्धा र बेलाबेला प्रहरी प्रशासनको अनावश्यक दबाब झेल्नुपर्छ ।

ठमेलकै क्लासिक बर्न लाउन्जका सञ्चालक अजयमान श्रेष्ठले पनि व्यावसायिक सम्भावना देखेरै लगानी बढाएका छन् । झण्डै १३ वर्षदेखि डान्स बार, आइ क्लबजस्ता व्यवसाय चलाउँदै आएका श्रेष्ठले दरबारमार्गमा करोडभन्दा बढीको लगानीमा क्लब चलाइरहेका छन् ।

श्रेष्ठले रात्रिकालीन व्यवसायलाई सरकारले व्यवस्थित गरी सुविधा र सहजीकरण गर्नुपर्ने खाँचो औँल्याए। घरभाडा र कर्मचारीको तलब गरी मासिक रु आठदेखि १० लाख खर्च हुने गरेको उनको भनाइ छ ।

त्यसो त दुई महिनाअघि गृहमन्त्री जनार्दन शर्माले ठमेल र दरबारमार्गलाई २४ सैँ घण्टा खुलाउनका लागि आवश्यक सुरक्षाको प्रबन्ध मिलाउने भन्दै त्यसका लागि तयार हुन व्यवसायीलाई आग्रह गरेका थिए । ती क्षेत्रलाई २४ औं घण्टा सञ्चालनका लागि सरकारले आवश्यक व्यवस्था मिलाउनुपर्ने व्यवसायीको माग छ ।

पछिल्लो समय क्लब तथा लाउन्जबारमा लगानी गर्ने क्रम बढेको ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष समीर गुरुङले बताउनुभयो । रात्रिकालीन व्यवसायमा लगानी बढ्नु सकारात्मक भए पनि व्यवसायको सुरक्षा चुनौतीपूर्ण रहेको अध्यक्ष गुरुङको भनाइ छ।

एउटा क्लब खोल्न कम्तीमा एक करोड लाग्छ । पछिल्लो समय यस्ता क्लब खुल्ने क्रम जारी छ । रात्रिकालीन व्यवसायी संघका प्रवक्ता सुवास लिम्बूका अनुसार यो व्यवसायमा अहिले दुई अर्बभन्दा बढी लगानी भइसकेको छ । यस्ता व्यवसायको दर्ता गर्ने निकाय एउटै नहुँदा कति संख्यामा खुलेका छन् भन्ने यकिन विवरण नभए पनि करिब ३०० को हाराहारीमा छन् ।

रात्रिकालीन व्यवसायबाट करिब ५० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्ष रोजगार पाएको व्यवसायी सुब्बाको भनाइ छ । यो व्यवसायमा दैनिक १० करोडको कारोबार हुने गरेको बताइएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.