पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

पुसभित्र मेलम्ची खानेपानी राजधानी आउने

काठमाडौँ : खानेपानी तथा सरसफाइमन्त्री यादवले आगामी पुसभित्र मेलम्ची खानेपानी राजधानीभित्र आइसक्ने बताएका छन्। रिपोर्टर्स क्लब नेपालले मंगलबार आयोजना गरेको साक्षात्कारमा उनले मेलम्चीको सुरुङ खन्ने काम २७.५ किमीमध्ये १.८ किलोमिटर बाँकी रहेकाले पुसभित्र पानी काठमाडौं आइपुग्ने बताएका हुन्।

सोही कार्यक्रममा बोल्ने विभिन्न राजनीतिक दलका नेताले स्थानीय तहको असोज २ गते हुन लागेको तेस्रो चरणको निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका छन्।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले ‘मधेशी जनताको भावना बुझ्ने पार्टी काँग्रेस भएकाले’ काँग्रेसले धेरै तहमा निर्वाचन जित्ने बताए।
“काँग्रेसले तराईमा राम्रा व्यक्तिलाई टिकट दिएको छ, १०६ स्थानमा जित हासिल गर्छौं, उनले भने, ‘१३६ स्थानीय तहमध्ये ११५ स्थानीय तहको उम्मेदवार टुंगिसकेकाले अरु उम्मेदवार पनि आजै टुंगो लगाउँछौँ।’


नेकपा (एमाले)का नेता सोमप्रसाद पाण्डेयले स्थानीय तहको दुई चरणमा भएको निर्वाचनमा पहिलो पार्टी एमाले भएजस्तै तेस्रो चरणको निर्वाचनमा पनि पार्टीले बहुमत हासिल गर्ने बताए। उनले एमालेले मुलुकको हितमा काम गर्ने जुनसुकै दलसँग पनि तालमेल गर्ने स्पष्ट पारे। फरक प्रसंगमा पूर्व उद्योगमन्त्री पाण्डेयले सरकारकै मिलोमतोमा सुन कारोबार भइरहेको आरोपसमेत लगाए।


नेकपा (माओवादी केन्द्र)का नेता अमललाल मोदीले तराईका अधिकांश स्थानीय तहमा माओवादी केन्द्रका उम्मेदवार विजयी हुने बताए। उनले आफ्नो राम्रो भएको क्षेत्रमा एक्लै लड्ने र नभएको स्थानमा नेपाली काँग्रेस र मधेशी दलसँग सहकार्य गरिने स्पष्ट पारे।

राजपाका नेता केशव झाले प्रदेश नं २ मधेशी दलको क्षेत्र भएकाले ९० स्थानमा राजपाले जित हासिल गर्ने जिकिर गरे। उनले स्थानीय नेताको आवश्यकतानुसार काँग्रेस, संघीय समाजवादी फोरम नेपाल र माओवादी केन्द्रसँग सहकार्य हुने जानकारी दिए। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.