सुरक्षाकर्मीले रोकेपछि रोएका आफ्ना ‘फ्यान’ देख्दा मेसीको मन पग्लियो..

सुरक्षाकर्मीले रोकेपछि रोएका आफ्ना ‘फ्यान’ देख्दा मेसीको मन पग्लियो..

एजेन्सी : अर्जेन्टिनी फुटबल स्टार लियोनल मेसीले आफ्ना समर्थकलाई सायदै निराश पारेका होलान् । मैदानभित्र उत्कृष्ट प्रदर्शन गर्दै उनले सधैं आफ्ना समर्थकलाई खसी बनाएका छन् । मैदानबाहिर पनि उनी आफ्ना समर्थकलाई निराश देख्न सक्दैनन् ।

बिहीबार मेसीसँग सम्बन्धित यस्तै एउटा समाचारले निकै चर्चा पायो । मेसी अर्को वर्ष रसमा आयोजना हने विश्वकपको छनोट खेल खेल्न अर्जेन्टिनी टोलीसँगै बिहीबार उरग्वे पुगेका थिए । आफ्ना सहकर्मीसँगै उरुग्वे पुगेका मेसी होटलतर्फ प्रस्थान गर्ने क्रममा थिए । खेलाडीका लागि निकै कडा सुरक्षा व्यवस्था अपनाइएको थियो । टोलीका लागि व्यवस्था गरिएको होटलमा प्रवेश गर्नै लाग्दा उनले एक बालकलाई सुरक्षा अघिकारीले हटाउँदै गरेको दृश्य देखे।

 

ती बालक आफ्ना स्टार खेलाडी मेसीलाई नजिकबाट हेर्न अघि बढ्दै थिए । सुरक्षाकर्मीले फर्काइदिएपछि निकै निराश बनेका ती बालक त्यहीँ रन थाले । आफ्ना समर्थक रोइरहेको देखेपछि मेसीको मन पग्लियो ।

त्यसैले मेसीले सुरक्षाकर्मीलाई ती बालकलाई आफूनजिक आउन दिन अनरोध गरे । त्यसपछि सुरक्षाकर्मीले पनि ती बालकलाई मेसीसँग भेट गर्न दिए । मेसीले बालकलाई केही बेर अंकमाल गरे । उनले ती बालकसँग तस्बिरसमेत खिचाए । बालक पनि खुसी हुँदै फर्किए । मेसीले निराश बन्दै फर्किरहेका आफ्ना समर्थकलाई बोलाएर भेटेको तस्बिर र भिडियो अहिले सामाजिक सञ्जालहरूमा भाइरल बनेको छ ।

मेसी अर्का वर्ष हने विश्वकपमा आफ्नो देशलाई छनोट गराउने मस्किल जिम्मेवारीसहित महत्वपूर्ण खेलका लागि उरग्वे पगेका हुन् । १० टोली सम्मिलित छनोट प्रतियोगितामार्फत दक्षिण अमेरिकाबाट चार टोली सिधै विश्वकपमा छनोट हुने प्रावधान छ । तालिकाको शीर्ष स्थानमा रहेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । कोलम्बिया दोस्रो, उरग्वे तेस्रो र चिली चौथो स्थानमा छन् । पाँचौं स्थानमा रहेको अर्जेन्टिनाले विश्वकपमा स्थान सरक्षित गर्न अबका खेलहरू जित्नै पर्ने बाध्यता छ । साथै अर्जेन्टिनाले अन्य टोलीको प्रदर्शनमा समेत भर पर्नपर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.