शर्मालाई थुनामा राख्न सात दिन म्याद थप
![शर्मालाई थुनामा राख्न सात दिन म्याद थप](https://annapurnapost.prixacdn.net/media/albums/chudamani-sharma-59315f818cb082-5933bfa9e666c3.81374769_ymrX6OwIMx.jpg)
काठमाडौं : आन्तरिक राजवस्व विभागका महानिर्देशक चुडामणि शर्मा थप सात दिन थुनामा पर्ने भएका छन् । विशेष अदालतले उनलाई थुनामा राख्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको हो ।
भ्रष्टाचारको आरोपमा पक्राउ परेका निलम्बित महानिर्देशक शर्मालाई अख्तियारले म्याद थपका लागि विशेष अदालत लगिएको थियो ।
शर्मालाई कर फछ्र्यौट आयोग मार्फत कर छुट दिएर भ्रष्टाचार गरेको आरोपमा अख्तियारले पक्राउ गरेको हो । अख्तियारले शर्मालाई शुक्रबार लाजिम्पाटस्थित आन्तरिक राजश्व विभागबाट पक्राउ गरेको थियो ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)