पानीमा चुहिएको करेण्ट लागेर चार जना घाइते

पानीमा चुहिएको करेण्ट लागेर चार जना घाइते

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका वार्ड नम्वर ७ मा पानीमा चुहिएको करेन्ट लागेर चार जना घाइते भएका छन् । जिल्ला कृषि विकास कार्यालय पछाडी खेतमा धानको व्याड छर्न तयार गरेको पानीमा विद्युतीय करेण्ट चुहिँदा खेत जोती रहेका किसान सहित ४ जना घाइते भएका छन् भने एउटा गोरु मरेको छ ।

खेतमै गाडिएको विद्युतीय पोल अडाउन बाँधिएको तारबाट करेण्ट पानीमा चुहिएपछि गुलरिया नगरपालिका वार्ड नं. ८ निवासी ५५ बर्षीय जलील धोवी र उहालाई जोगाउन गएका श्रीमान श्रीमती मुजफ्फर अली, हजरा वानो र इन्ताज मनिहार घाइते हुनुभएको हो ।

धानको बिउ छर्न खेत जोतिरहेका किसान जलीलको एउटा गोरु घटना स्थलमै मरेको छ भने अर्को गोरु घाइते भएको उहाँले बताउनुभयो ।
अव्यवस्थित तथा असुरक्षित तरिकाले खेत बारीमा पोल गाडिँदा घटना भएको स्थानीयको आरोप छ ।

घटना पछि विद्युत प्राधिकरण गुलरिया शाखाका मर्मत टोलीले उक्त विद्युतीय लाइन मर्मत गरेका छन् । घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।

बर्षातको समयमा विद्युतीय पोल तथा तारहरु देखेपछि सावधानी अपनाउनु पर्ने विद्युत प्राधिकरण शाखा गुलरियाले सचेत बनाएको छ ।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.