आँखामा चोट लागे के गर्ने ?

 आँखामा चोट लागे के गर्ने ?

चोटपटक जहिले पनि अचानक नै घट्ने गर्छ । जहाँ र जहिले पनि युवायुवती, महिलापुरुष, बालबालिका तथा वृद्धवृद्धा जोसुकैलाई पनि चोट लाग्न सक्छ । शायदै कोही व्यक्ति होला जसको जीवनमा कुनै पनि चोटपटक वा सानोतिनो दुर्घटना नभएको होला । विश्व स्वास्थ्य संगठनको परिभाषामा कुनै अप्रिय आकस्मिक घटना नै दुर्घटना हो । साधारणतया दुर्घटनालाई निम्नलिखित ढंगबाट वर्गीकरण गरिएको छ । जस्तैः सडक दुर्घटना, घरायसी दुर्घटना, पेसागत दुर्घटना, हवाई दुर्घटना, रेल्बे दुर्घटना र आत्महत्या आदि ।

तर यहाँ पेसागत दुर्घटनाका बारेमा केही जानकारी दिने प्रयास गरिएको छ । धेरैजसो कलकारखाना र औद्योगिक क्षेत्रमा काम गर्नेहरूमा यस्ता प्रकारका दुर्घटना हुन्छ । जस्तैः बेल्डिङको काम गर्ने र घरमा रगंरोगन लगाउने काम गर्ने व्यक्तिलाई आँखामा चोटपटक लाग्ने, काठ चिरानको मेसिनमा काम गर्दा झुक्किएर हातै काट्ने, धान कुट्ने मेसिन, तेल पेल्ने मेसिन, लेथ मेसिन आदिमा समेत शरीरको कुनै अंग पर्न गई चोट लाग्न सक्छ । यसैगरी औद्योगिक दुर्घटनामा पर्ने, जीउ च्यापिने, ठोकिने, टाउकोमा चोटपटक लाग्ने आदि पनि हुन्छ । यहाँ केवल आँखामा चोटपटक लाग्दा कसरी बच्ने, के गर्ने, के नगर्ने भन्ने विषयमा जानकारी दिने प्रयास गरिएको छ । आँखा मानव शरीरको महत्ववपूर्ण अंग हो ।

यसले अँध्यारो, उज्यालो, राम्रो न राम्रो हेर्नुका साथै विभिन्न प्रकारका रङहरू छुट्याउने काम पनि गर्छ । आँखाको बनावट नै यस्तो छ कि मानिसको शरीरको अरू अगंप्रत्यंगमा सजिलैसित चोटपटक लागे तापनि आँखामा भने अन्य भागको तुलनामा कमै चोटपटक लाग्ने गर्छ । आँखा एकदमै कोमल तथा संवेदनशील हुन्छ । आँखाको चोटपटकलाई गम्भीरतापूर्वक लिनुपर्छ किनभने एक साधारण चोटले पनि आँखाको दृष्टि पूर्णरूपले गुम्न सक्छ । यस अवस्थामा समयमा नै प्राथमिक उपचारको आवश्यकता पर्छ । यदि तुरुन्तै प्राथमिक उपचारको व्यवस्था गर्न सकिएन भने समस्या पछि गम्भीर हुन सक्छ ।

 

रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिनु बुद्धिमानी हो । केहीगरी आँखामा चोटपटक लागिहालेमा प्राथमिक उपचारको लागि निम्नलिखित कुरामा ध्यान दिनुपर्छ । तसर्थ बिल्डरपिस मेसिनमा काम गर्ने र घरमा रङरोगन लगाउने काम गर्ने व्यक्तिहरूलाई आँखामा चोटपटक लाग्ने, आँखामा फलामका ससाना कणहरू पस्ने तथा रङरोगन गर्नेहरूको आँखामा रसायन पदार्थ पर्ने धेरै सम्भावना रहन्छ । यस्ता व्यक्तिले आँखाको सुरक्षाको लागि काम गर्ने बेलामा सुरक्षात्मक चस्मा लगाउनुपर्छ । आँखामा चोटपटक लागेपछि आँखा दुख्नु, दृष्टिमा कमी हुनु, आँखाबाट पानी बग्नु, आँखा रातो हुनु, आँखा बिझाउनु, आँखा खोल्न गाह्रो हुनु, आँखा सुनिनु, नीलडाम बस्नु, आँखा पोल्नुजस्ता लक्षणहरू देखा पर्न थाल्छन् ।

सल्लाह र सुझावः

आँखामा भूलवश बाहिरी कुनै वस्तु, धातु वा सिसाको टुक्रा प्रवेश गर्न सक्छ । यस्तो अवस्थामा आँखा माँड्नु हँदैन । ऐनामा आफैंले हेर्ने वा कसैलाई आँखामा हेर्न लगाएर त्यहाँ कुनै बाहिरी वस्तु छ कि छैन भनेर पत्ता लगाउनुपर्छ । यसको लागि आँखाको तलमाथिको परेला (आइलिड) लाई च्यातेर तलमाथि हेर्ने, दायाँबायाँ हेर्ने, बारम्बार आँखा झिम्काउने तथा चिसोपानीले आँखामा छ्याप्ने गर्नुपर्छ । त्यसैगरी एक बाल्टी पानीमा टाउँको डुबाएर आँखा खोल्ने र बन्द गर्ने पनि गर्न सकिन्छ । यसो गर्नाले बाहिरी वस्तु सजिलैसँग निस्कन सक्छ । आँखामा परेको बाहिरी वस्तुलाई निकाल्न या हटाउन चिम्टी, आंैलाको नङ या कुनै सिन्काको प्रयोग गर्नु हुँदैन ।

यदि आँखामा धेरै ठूलो चोट लागेको शंका छ भने सकेसम्म छिटो आँखा विशेषज्ञलाई देखाई उपचार गराउनुपर्छ । समयमै उपचार गराइयो भने आँखालाई अरू धेरै नोक्सान हुनबाट बचाउन सकिन्छ । आँखामा सिल्ड वा कटन आईप्याड लगाएर तुरुन्त आँखाको डाक्टरलाई भेट्ने र सल्लाह लिने । सानो केटाकेटी छ भने आँखामा चोट लागिसकेपछि पेट खाली राख्नु राम्रो हुन्छ । किनभने चिकित्सा प्रक्रियाअन्तर्गत शल्यक्रिया गर्नुपर्ने अवस्था छ भने बेहोसीमा पनि गर्नुपर्ने हुन सक्छ । यसैगरी रङरोगनको काम गर्दा या घरमा नै साङ्ला मार्ने या लामखुट्टे भगाउने रसायन छर्किएको छ भने पनि भूलवश यो आँखामा पनि पर्न सक्छ ।

यस प्रकार रसायनको कारण आँखामा लागेको चोटको कारण बिरामी शान्त भएर नबस्ने, आँखालाई रुमालले पुछ्ने, आँखा माड्ने, आँखामा पट्टी बाँध्ने वा चिम्लिने गर्नु हुँदैन । यसो गर्नाले रसायन आँखाको भित्री सतहमा पुग्न गई यसले ठूलो असर पुर्‍याउन सक्छ । त्यसैले तत्काल यस घटनापछि लगातार १५ देखि ३० मिनेटसम्म शुद्धपानीले आँखा धुने गर्नुपर्छ । यही प्रक्रिया गरिरहँदा तुरन्त कसैलाई चिकित्सकलाई बोलाउन पठाउनु वा नजिकैको कुनै अस्पतालमा लैजाने व्यवस्था मिलाउनुपर्छ ।

यसप्रकार बालबालिका डन्डिबियो र फुटबल खेलिरहेको बेलामा आँखामा चोट लाग्नु सामान्य कुरो हो । यस किसिमको चोटपटक फुटबल खेलमा वयस्कहरूलाई पनि लाग्न सक्छ । यस्तो अवस्थामा रुमाल या तौलियामा बरफको एउटा सानो टुक्रालाई बेर्ने र प्रभावित आँखालाई हल्का किसिमले सेक्ने गर्नुपर्छ । आँखामा सोझै बरफको टुक्राले भने सेक्नु हुँदैन । आँखा बरिपरि चोटको निसान वा नीलोडाम बसेको छ भने सो डाम हटाउनको लागि भोलिपल्ट गर्मसेकको उपयोग गर्न सकिन्छ ।

यति गर्दा पनि आराम नभए र आँखा खोल्न गाह्रो भए, आँखा दुखिरहे वा हेर्दा धमिलो देखिए आफ्नो नजिकैको कुनै आँखाको चिकित्सकलाई तुरुन्तै भेटी जँचाउनु पर्छ । होमियोप्याथिक प्राथमिक उपचार सबैभन्दा असल उपाय भनेको कुनै पनि काम गर्दा सतर्कता अपनाउनु नै चोटपटकबाट बच्नु हो । तर पनि कहिलेकाहीँ संजोगवश चोटपटक लाग्न सक्छ । यस अवस्थामा माथि उल्लेख गरिएअनुसारको प्राथमिक उपचार विधि अपनाउनुको साथै केही होमियोप्याथिक औषधिहरूको प्रयोग गर्दा प्रभावकारी हुन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.