सिफलचौरमा शेर्पा समुदायले मनाए ग्याल्बो ल्होसार ( फोटोफिचर )

सिफलचौरमा शेर्पा समुदायले मनाए ग्याल्बो ल्होसार ( फोटोफिचर )

काठमाडौँ: देशभरका शेर्पा समुदायले दुई हजार एक सय ४४ औँ ग्याल्बो ल्होसार हर्षोल्लासपूर्वक मनाएका छन्। शेर्पा समुदायको भेषभूषा, कला संस्कृति र मौलिक नृत्यका साथ देशभरका शेर्पाहरुले ल्होसार मनाएका हुन्।

राजधानीको सिफलचौरमा हिमालयन सांस्कृतिक केन्द्रले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहभागी भएका थिए। कार्यक्रममा बोल्दै प्रधानमन्त्री 'प्रचण्ड'ले सरकार मधेस, पहाड र हिमाललाई जोडेर लैजाने काममा लागेको बताए। उनले भने, 'सबै जातजाति भाषाभाषीको एकीकृत रुपले नै नेपाल विश्वमा चिनिन्छ, शेर्पा जातिले हिमाल चढ्न विश्व कीर्तिमान कायम गरेकाले शेर्पा जातिका कारण पनि नेपाल विश्वमा परिचित छ”,

कार्यक्रममा पूर्वमन्त्री एवम् सांसद कृपासुर शेर्पाले हिमाली क्षेत्रमा बस्ने शेर्पा जातिका लागि शेर्पा प्रदेश दिइनुुपर्ने माग गरे। पूर्वसांसद वाङ्छु शेर्पा, वरिष्ठ चलचित्र निर्देशक यादव खरेल, कार्यक्रम संयोजक एलडी लामा शेर्पा, प्रा श्यामसुन्दर शेर्पालगायतले शेर्पा जातिको मौलिक संस्कृतिका विषयमा प्रकाश पारेका थिए।

कार्यक्रममा रु ३१ हजार राशिको ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट हास्य कलाकार वसुन्धरा भुसाल, रु १० हजार राशिको ‘साम्दे शेर्पा प्रतिभा पुरस्कार' बाट हास्य कलाकार दीपकराज गिरी र रु १० हजार राशिकै ‘साम्दे शेर्पा स्मृति राष्ट्रिय पुरस्कार’बाट गायक ल्हाक्पा शेर्पालाई सम्मान गरिएको थियो।

कार्यक्रममा प्रा श्यामसुन्दर शेर्पाले लेख्नुभएको ‘शेर्पा जातिको भाषा र संस्कृति’सम्बन्धी पुस्तक विमोचन गरियो। कार्यक्रममा शेर्पा जातिको मौलिक स्याब्रु नृत्य प्रदर्शन गरिएको थियो । सो अवसरमा प्रतियोगितात्मक स्याब्रु नृत्य प्रतियोगिताका विजयी समूहलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो।

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.