अमेरिकी राष्ट्रपति ट्रम्प आक्रमकः आफ्नो विरोध गर्ने महान्यायाधिवक्ता बर्खास्त
अमेरिकाः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशनको विरोध गर्ने महान्यायाधिवक्ता साली यट्सलाई बर्खास्त गरेका छन्।
ट्रम्पको कार्यकारी आदेशका विरुद्ध बोल्दै महान्यायाधिवक्ता यट्सले न्याय विभाग अन्तर्गतका सबै वकिललाई आप्रवासी सम्बन्धीको निर्देशनको विपक्षीमा लाग्न निर्देशन दिएकी थिइन् । उनको यो अभिव्यक्ति सार्वजनिक भए लगत्तै ट्रम्पले उनलाई वर्खास्त गरेका हुन् ।
ह्वाइ हाउसले विज्ञप्ति सार्वजनिक गर्दै महान्यायाधिवक्ता यट्सले न्याय विभागलाई धोका दिएको भन्दै उनलाई बर्खास्त गरिएको बताएको छ । विज्ञप्तिमा महान्यायाधिवक्ता यट्सको ठाउँमा डेना बोएन्टेलाई नियुक्त गरिएको समेत बताइएको छ।
गत शुक्रबार मात्र राष्ट्रपति ट्रम्पले सोमालिया, सुडान, यमन, लिबिया, रिसिया, इराक र इरानका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएका थिए । यो सँगै ट्रम्पले अमेरिकी शरणार्थी कार्यक्रम एक सय २० दिनलाई बन्द गर्ने निर्देशनमा हस्ताक्षर गरेका थिए । यसले हजारौँ आप्रवासी अलपत्र परेका छन् ।
महान्यायाधीवक्ता यट्सलाई पूर्व राष्ट्रपति बाराक ओबामाले न्याय विभागमा नियुक्त गरेका थिए । ट्रम्पले आप्रवासी सम्बन्धी आफ्नो निर्णयको बचाऊ गर्नकै निम्ति महान्यायाधिवक्ता वर्खास्त गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।