ट्रम्पको निर्णयलाई अदालतको चुनौति

ट्रम्पको निर्णयलाई अदालतको चुनौति

वासिङटनः अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम बहुल सात देशका नागरिकलाई लगाइएको आदेशलाई अमेरिकाको एक अदालतले रोक्न आदेश दिएको छ । न्युयोर्कस्थित जिल्ला न्यायाधीश एन डोनलेले यस्तो आदेश दिएका हुन् ।

अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयु) ले ट्रम्पको आदेशविरुद्ध मुदा दर्ता गरेको थियो । जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा दुईजना इराकी पुरुषलाई हिरासतमा लिइएपछि एसिएलयुले मुद्दा दर्ता गरेको थियो । ट्रम्पको आदेश लागू भएलगत्तै अमेरिकाका ठूला विमानस्थलमा विरोध प्रदर्शन सुरु भएका छन् ।

न्यायाधीश डोनले आदेश दिँदै भने, ‘अमेरिकी शरणार्थी प्रवेश कार्यक्रमअन्तर्गत स्वीकृति दिइसकेका व्यक्तिलाई रोक्न मिल्दैन । वैध रूपमा कागजात भएका इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनका नागरिकलाई यस्तो प्रतिबन्ध लगाउन मिल्दैन ।'

उनले सरकारको आदेशपछि अमेरिकी विमानस्थलमा हिरासतमा लिइएका सबै व्यक्तिको सूची उपलब्ध गराउन आदेश दिएका छन् । ट्रम्पको आदेशपछि फिर्ता गरिएका नागरिकलाई ठूलो र अपूरणीय क्षति हुनसक्ने उनले आशंका गरे ।

अदालतका तर्फबाट जारी गरिएको सूचनामा अमेरिकी सिमानामा कार्यरत संस्थालाई वैध भिसा भएका इराक, सिरिया, इरान, सुडान, लिबिया, सोमालिया र यमनबाट अमेरिका प्रवेश गरेका व्यक्तिलाई निकाल्न नहुने स्पष्ट आदेश दिइएको छ ।

ट्रम्पको आदेशपछि अमेरिकी विमानस्थलमा हिरासतमा लिइएका व्यक्तिका परिवारका सदस्य तनाव र खिन्न देखिन्थे । आफन्त कतिखेर मुक्त हुन्छन् भनेर विमानस्थलमा उनीहरू चिन्तित देखिन्थे । सम्बन्धित देशमा फिर्ता गरिने हो वा अमेरिका प्रवेशमा अनुमति दिइने हो भनेर उनीहरू अन्योलग्रस्त देखिएका छन् ।

२५ वर्षीय योसरे घालेद आफ्नी ६७ वर्षीया सानिमा सासूलाई पर्खिएका थिए । उनी साउदी अरबबाट आएको विमानबाट आएकी थिइन् । उनी हिरासतमा राखिएकी छन् । मुटुरोगकी विरामी उनी यमनी नागरिक हुन् ।

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानडाले स्वागत गर्ने क्यानडाका प्रधानमन्त्री जस्टिन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीलाई क्यानडाले स्वागत गर्ने बताएका छन् ।

ट्विटरमार्फत उनले भने, ‘जसले हिंसा, आतंक र युद्ध भोगिरहेको छ । ती सबैलाई क्यानडाले स्वागत गर्न चाहन्छ ।' त्रुदेउले उनीहरूलाई धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट परेका छन् । ‘विविधता हाम्रो शक्ति हो, क्यानडामा स्वागत छ', उनले ट्विटमा लेखेका छन् । ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि त्रुदेउको यस्तो भनाइ आएको हो ।

ले तीन देशका नेतासँग वार्ता गर्ने

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरब र संयुक्त अरब इमिरेट्सका नेतासँग मुिस्लम आप्रवासीलाई अमेरिका प्रवेशमा रोक लगाइएको बारेमा टेलिफोन वार्ता गरेका छन् । केही देशका मुस्लिमलाई रोक लगाइएको विषयमा विश्वभरी होहल्ला हुन थालेपछि उनले रोक नलगाइएका मुस्लिम देशका नेतासँग आइतबार कुराकानी गरेका हुन् ।

सबैसँग केही देशका आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउनुको कारण र यसले पार्ने असरका बारेमा छलफल हुने जनाइएको छ । अमेरिकाले प्रवेशमा रोक लगाएका देशमा साउदी अरब र अरब इमिरेट्स कुनै देश पर्दैनन् । ट्रम्पले इरान, इराक, लिबिया, सोमालिया, सुडान, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको हो ।

ट्रम्प र पुटिनबीच लामो वार्ता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच केही महत्वपूर्ण विषयमा घण्टौं लामो टेलिफोन वार्ता भएको छ ।

दुबै देशका राष्ट्र प्रमुखबीच भएको वार्ताका धेरै विषयवस्तुमध्ये प्रमुख दुईवटा मुद्दा– पूर्वराष्ट्रपति बाराक ओबामाले पहिलेदेखि रूसमाथि लगाएका विभिन्न खाले प्रतिबन्धका भविष्यबारे प्रश्न र आतंककारी इस्लामिक स्टेट (आइएस) समूहलाई परास्त गर्न दुबै देशबीच सैनिक सहयोग प्रवर्धन गर्ने मार्ग पहिल्याउनुलगायत अन्य विषय पनि परेका छन् ।

ह्वाइट हाउसले दुई समकक्षीबीच गहिरो वार्ता भएको औपचारिक पुष्टि गरे पनि कुन कुन विषयमा वार्ता भए भन्ने विस्तृत खुलासा गरेको छैन । केही समयअघि देखिएको अमेरिका र रूसबीचको तनावपूर्ण सम्बन्धमा यस वार्ताले महत्वपूर्ण सुरुवात गरेको भन्दै ह्वाइट हाउसले यसबारे विज्ञप्ति प्रकाशन गरी जानकारीसम्म दिएको छ ।

दुई उच्चस्तरीय नेताबीच चलेको सो वार्तामा दुबै देशको संयुक्त दुस्मनको रूपमा खडा रहेको आइएस समूहलाई निष्प्रभावी र परास्त गरी सिरियासहित सम्पूर्ण विश्वमा स्थायी शान्तिको उपलब्धिका लागि द्विपक्षीय सैनिक सहयोगलगायत अन्य विषयमा छलफल भएको जनाइएको छ ।

वार्ताका क्रममा दुबै राष्ट्रपतिले यस मामिलामा आतंकवादविरुद्धको युद्धमा गठबन्धनका साझेदारका रूपमा सहकार्य गर्ने समझदारी गरेको बताइन्छ ।

रूसी राष्ट्रपतिको कार्यालय क्रेमलिनले भने रूस र अमेरिकाबीच सुस्त गतिमा चलिरहेको व्यापार, वाणिज्य र आर्थिक गतिविधिमा सुधार र प्रवद्र्धन एवं दुबै देशका व्यापारिक वृत्तमा सशक्तिकरण सम्बन्धमा वार्ता भएको जनाएको छ ।

यसअतिरिक्त आतंकवादविरुद्धको युद्धमा दुबै देशको सहकार्य, अरब–इजरायलबीचको मनमुटाव र आपसी द्वन्द्व, इरानको आणविक हतियार उत्पादन तथा भण्डारण योजना, कोरियाली प्रायद्वीपको तनाव, युक्रेनको संकटजस्ता अन्तर्राष्ट्रिय मामिलाका जल्दाबल्दा बिषयमा दुई उच्चस्तरीय नेताहरूबीच छलफल भएको भनी क्रेमलिनले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.