अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

अमेरिकाले रोकेका आप्रवासीलाई क्यानाडाले स्वागत गर्ने

ओट्टावा: क्यानाडाका प्रधानमन्त्री जस्टीन त्रुदेउले अमेरिकाले बन्देज गरेका विदेशी शरणार्थी तथा आप्रवासीहरुलाई क्यानाडाले स्वागत गर्ने बताएका छन्।

ट्विटरमार्फत् उनले भनेका छन्, 'जसले हिंसा, आतङ्क र युद्ध भोगीरहेको छ, ती सवैलाई क्यानाडाले स्वागत गर्न चाहन्छु।” त्रुदेउले उनीहरुको धर्मको आधारमा कुनै पक्षपात नगर्ने पनि स्पष्ट पारेका छन्।

'विविधता हाम्रो शक्ति हो, क्यानाडामा स्वागत छ,” उहनले ट्विटमा लेखेका छन्। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मुस्लिम समुदायका आप्रवासी तथा शरणार्थीहरुलाई अमेरिका प्रवेशमा कडाइ गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि क्यानाडाका प्रधानमन्त्री त्रुदेउले यस्तो सन्देश ट्विटरमा लेखेका छन्।

ट्रम्पले इरान, इराक, लिविया, सोमालिया, सिरिया र यमनका नागरिकलाई अमेरिका प्रवेशमा कडाई गर्न आदेश दिएका छन्। सो आदेश कतिपय ठाउँमा कार्यान्वयन भइसकेको छ। सो आदेशका विरुद्धमा विमानस्थलहरुमा प्रदर्शन पनि भइरहेको छ।रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.