‘शक्तिशाली भारत चीनका लागि खतरा हुँदैन्'

‘शक्तिशाली भारत चीनका लागि खतरा हुँदैन्'

नयाँदिल्लीः भारतले आफ्नो उदयले चीनलाई कुनै पनि नोक्सान र चुनौती नहुने जानकारी दिएको छ । भारतले चीनसँग आपसी सम्प्रभुताको सम्मान गर्नुपर्नेमा जोड दिएको छ ।

दोस्रो रायसीना डायलगलाई सम्बोधन गर्दै भारतका विदेशसचिव एस जयशंकरले बुधबार भारतको यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले चीन-पाकिस्तान आर्थिक करिडोर परियोजनको भने विरोध गरेका छन् । उनले उक्त आर्थिक योजनाबाट भारत असन्तुष्ट भएको खुलासा गरेका छन् । उक्त आर्थिक करिडोर पाकिस्तान प्रशासित कश्मीर हुँदै ग्वादर पुग्छ ।

जयशंकरले कश्मीर जस्तो क्षेत्रमा विशेष आर्थिक करिडोर बनाउन नहुने बताएका छन् । यसबाट चीनले भारतको सम्प्रभुताको ख्याल नगरेको दाबी गरे । जयशंकरले भने, ‘पाकिस्तान-चीन आर्थिक करिडोर पाकिस्तान प्रशासित कश्मीर हुँदै गएको छ । त्यो क्षेत्र भारतको हो । पाकिस्तानले कश्मीरमा अवैध कब्जा जमाएर राखेको छ ।' जयशंकरले भारतसँग सल्लाह नगरेर नै चीनले यस्तो गर्नु चिन्ताजनक भएको खुलासा गरे । कश्मीरमा भएका घटनाप्रति भारत संवेदनशील र चिन्तित हुनु स्वभाविक भएको उनको भनाइ थियो ।

चीन र भारतबीच विगतमा केही अविश्वास भए पनि हाल त्यस्तो नभएको उनले स्पष्ट पारे । उनले सन् १९४५ पछि दुवै देशबीच सम्बन्धमा केही सुधार भएको स्मरण पनि गरे । जयशंकरले भने, ‘भारत शक्तिशाली भएर चीनलाई केही नोक्सान नहुने हामी सम्झाउन चाहन्छौं । यसैगरी चीनको उदयबाट भारतलाई पनि कुनै हानि हुनेछैन ।' केही समययता भारत र चीनबीच आतंकवादी मसुद अजहरमाथिको प्रतिबन्ध, एनएसजीमा भारतको प्रवेशजस्ता विषयमा केही समस्या उत्पन्न भएको छ ।

भारतीय विदेश सचिव जयशंकरले अन्तर्राष्ट्रिय सुरक्षाका लागि आतंकवाद गम्भीर चुनौती भएको बताएका छन् । कुनै कुनै विषयमा सामान्य मतभेद भए पनि व्यापारिक र नागरिक स्तरमा दुई देशबीच आपसी सम्बन्धमा सुधार भएको उनले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.