प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने
![प्रभु बैंकले शैक्षिक कर्जा उपलब्ध गराउने](https://annapurnapost.prixacdn.net/media/albums/prabhu-bank-57bbff75aad561.80484136_7xeWlnRQaI.png)
काठमाडौंः प्रभु बैंक लिमिटेडले कालीमाटीस्थित काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ ।
काठमाडौं इन्जिनियरिङ कलेजमा स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउन बैंक र कलेजबीच सम्झौता भएको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कलेजका तर्फबाट प्रबन्ध निर्देशक राजेन्द्र शाक्यले हस्ताक्षर गरेका छन् ।
सम्झौताबमोजिम काठमाडौ इन्जिनियरिङ कलेजमा इन्जिनियरिङ संकायअन्तर्गत स्नातक तहमा अध्ययन गर्ने विद्यार्थीले बैंकबाट अधिकतम तीन लाख रुपैयाँसम्मको शैक्षिक कर्जा प्राप्त गर्न सक्नेछन् ।
कर्जा उपभोग गर्न चाहने विद्यार्थीले आप्mनो एसएलसीदेखिका सबै सक्कल शैक्षिक प्रमाणपत्र बैंकमा बुझाउनुपर्नेछ । कर्जा बैंकले उपलब्ध गराएको भुक्तानी तालिकाअनुसार चार वर्षभित्र चुक्ता गरी विद्यार्थीले प्रमाणपत्र फिर्ता लैजान सक्ने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)