रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडको विजयी सुरुवात
![रोनाल्डोविना मैदान उत्रिएको रियल मड्रिडको विजयी सुरुवात](https://annapurnapost.prixacdn.net/media/albums/Real_Madrid-57ba98631a9694.62415023_soFkBHE4GW.jpg)
मड्रिडः क्रिष्टियानो रोनाल्डोविनै मैदान उत्रिएको रियल मड्रिडले ला लिगा फुटबलमा सुखद सुरुवात गरेको छ।
गएराति रियल सोसिडाडको घरेलु मैदानमा भएको ला लिगाको आफ्नो पहिलो खेलमा रियल मड्रिड स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो र करिम बेन्जिमाबिनै मैदान उत्रिएको थियो। जुन खेलमा रियल मड्रिडले रियल सोसिडाडलाई ३–० गोल अन्तरले पराजित गर्दै ला लिगामा सुखद सुरुवात गरेको हो।
खेलको दोस्रो मिनेटमै ग्यारेथ बेलले गोल गर्दै रियल मड्रिडलाई सुरुवाती अग्रता दिलाएका थिए। यस्तै खेलको ४० औं मिनेटमा मार्को विलियनसेमले गोल गर्दै रियल मड्रिडको अग्रता दोब्बर पारे।
पहिलो हाफमा २–० को अग्रता लिएको रियल मड्रिडले खेलको दोस्रो हाफमा एक गोल थप्यो। खेलको इन्जुरी समयमा बेलले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल मड्रिड ३–० को जित निकाल्न सफल भयो।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)