रूसी सन्य हेलिकोप्टर ध्वस्त

रूसी सन्य हेलिकोप्टर ध्वस्त

मस्कोः  रूसी सेनाको एक हेलिकोप्टर सोमबार विद्रोहीको आक्रमणबाट सिरियामा ध्वस्त भएको छ ।

इदलिब प्रान्तमा उडिरहेका बेला विमानमा आक्रमण भएको थियो । हेलिकोप्टरमा यात्रा गरिरहेका ५ जनाको मृत्यु भएको छ । रूसी रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै घटनाको पुष्टि गरेको छ ।

रक्षा मन्त्रालयले भनेको छ, ‘रूसी एमआई -८ सैन्य परिवहन हेलिकोप्टर सिरियामा खसालिएको छ । उक्त हेलिकोप्टर अलेप्पोमा मानवीय सहायता उपलब्ध गराएर फर्किरहेका बेला आक्रमण भएको थियो ।

' युद्धका कारण अलेप्पोमा लाखौं मानिस फसिरहेका छन् । त्यसरी फसेका व्यक्तिलाई बाँच्नका लागि अत्यावश्यक सामग्री रूसले उपलब्ध गराउने गरेको छ । उक्त आक्रमण कसले गरेको भन्ने जानकारी हुन सकेको छैन ।

हेलिकोप्टरमा चालक दलका ३ सदस्य र २ अधिकारीले यात्रा गरिरहेका थिए । क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले मारिएका सैनिकप्रति समवेदना प्रकट गरेका छन् । उनले मानव बस्ती कम भएको ठाउँमा विमान झरेको बताए । इदलिब प्रान्तमा जिहादी ग्रुपको वर्चस्व रहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका तस्बिर र भिडियोमा जलेका लास देखिएका छन् ।

रूसले गत वर्षदेखि सिरियाका राष्ट्रपति बसर अल असदको सहायताका लागि विद्रोहीमाथि आक्रमण सुरु गरेको छ । अमेरिकी नेतृत्वका पश्चिमा शक्तिले भने रूसी सेनाले प्रजातन्त्र समर्थक नेतामाथि आक्रमण गरेको आरोप लगाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.