अर्थमन्त्रीलाई शंकाको लाभ दिँदा, धम्क्याउनु भयो : बर्षमान पुन
काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद बर्षमान पुनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई विपक्षी सांसदहरुले शंकाको सुविधा दिँदा धम्क्याउने काम भएको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद पुनले प्रधानमन्त्रीले नेपाल–भारत सीमाका विषयमा दिएको भन्दै अर्को जटिल विषयमा संसदमा आइलागेको बताएका छन् । उनले संसदको विशेष र शून्य समयमा कुराहरु उठिरहेका बेला हिजोको आर्थिक विधेयकमाथिको छलफल भएको सार्वजनिक लेखा समितिको बैठकमा जसरी अर्थमन्त्री वाग्लेले जवाफ दिनु भयो त्यसले जनप्रतिनिधिमुलक सार्वभौम संसदको अवमुल्यन भएको बताए ।
सांसद पुनले अर्थमन्त्रीले समितिको अवमुल्यन गर्दै धाकधम्की दिने कोशिस गरेको बताए । उनले यस विषयमा आफूहरुको गम्भिर आपति रहेको बताएका छन् । सांसद पुनले कार्यपालिकाका प्रतिनिधिहरु संसदप्रति जवाफदेही हुनुपर्ने बताएका छन् । उनले भने, ‘सबै सांसदहरुले उठाएका विषयहरु आरोप हुँदैनन्, कति जिज्ञासा हुन्छन्, कति प्रश्न हुन्छन्, कति स्पष्टिकरणका कुराहरु हुन्छन् ।’
सांसद पुनले उनले तपशिलका कुराहरु गरेर कोही पनि पन्छिन् नमिल्ने बताएका छन् । सांसद पुनले अर्थमन्त्री वाग्लेले सात वटा करका दरहरु हेरफेर गरें भनेर खुलमखुल्ला स्वीकार गरेको समेत बताए । उनले यो आर्थिक अपराध भएको बताए । उनले बैठकमा आफूहरुले जिज्ञासा राख्दा अर्थमन्त्रीले मैले हेरफेर गरेकै हो के गर्छौ भनेर धम्की दिएको समेत बताए।
प्रतिक्रिया दिनुहोस !