भारतको ९ करोड ३० लाख सहयोगमा कालीकोटमा विद्यालय भवन बन्ने
कालिकोट : कर्णाली प्रदेशको कालिकोट जिल्लास्थित सान्नीत्रिवेणी गाउँपालिका–४ मा रहेको श्री जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि शिलान्यास गरिएको छ ।
भारत सरकारको करिब ९ करोड ३० लाख आर्थिक सहयोगमा निर्माण हुन लागेको यो परियोजना कालिकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । परियोजना सान्नीत्रिवेणी गाउँपालिकामार्फत कार्यान्वयन गरिनेछ ।
शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले भारत सरकारको विकास सहयोगको प्रशंसा गर्दै नयाँ भवनले विद्यार्थी र शिक्षकका लागि गुणस्तरीय शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियो सन्देशमार्फत परियोजनाको सफल कार्यान्वयनका लागि शुभकामना व्यक्त गर्दै नेपाल–भारत विकास सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस !