जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका–२, छेप्कामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा तीन जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार बिहान आगलागी हुँदा घाइते हुनेमा नलगाड नपा–२ छेप्काका माया जैसी, रुपा जैसी र रमेश गौतम रहेका छन् ।
उनीहरुको नगर अस्पताल दल्लीमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर भएकाले थप उपचारका लागि हेलिकप्टरमार्फत उद्धारको लागि सम्बन्धित निकायमा माग गरिएको प्रशासकीय अधिकृत दिपेन्द्र शाहीले बताए । केही समयमै उद्धारका मागी नेपाली सेनाको हेलिकप्टर आउने जानकारी आएको शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस !