बेचैन पुस्ता !

बेचैन पुस्ता !

रोल मोडल हुनुपर्ने अभिभावकहरू बेचैन छन्। व्यस्त जीवनशैलीले सन्तानसँग समेत दूरी बढाइरहेका छन्।

सन्तानको रोल मोडल हुनुपर्ने अभिभावकहरू बेचैन देखिन्छन्। व्यस्त जीवनशैलीले सन्तानसँगको सम्बन्धमा पनि दूरी बढेको छ। फलस्वरूप अभिभावक र सन्तानबीचको सम्बन्ध कमजोर हुँदै गएको छ। जसका कारण विभिन्न सामाजिक समस्याहरू देखा परिरहेका छन्। 

दुई दशक अघिसम्म विद्यालयमा प्रश्न सोध्न निरुत्साहित हुने अधिकांश व्यक्तिहरू अहिले अभिभावक बनिसकेका छन्। शिक्षकहरूसँग होस् वा आफ्ना अभिभावकसँग प्रश्न सोध्न हिचकिचाएकाहरू अहिले बाबुआमा हुँदा आफ्ना बालबालिकाबाट समेत सोही अपेक्षा राख्ने गर्छन्। एकातिर आफ्नो व्यस्त जीवनशैलीका कारण परिवारमा पर्याप्त समय दिन पाइरहेका छैनन् अर्कोतिर बालबालिकाले आफूलाई लागेको कुरा अभिभावकसँग स्पष्ट रूपमा व्यक्त गर्न नपाइरहेको अवस्था छ। यी यस्ता अन्य कारणले यी दुई पुस्ताबीच नै प्रभावकारी संवाद हुन पाउँदैन। फलस्वरूप, समस्याहरू झन् बढ्दै गएका छन्। 

हाल सबै परिवारको प्रमुख समस्या भनेको बालबालिकाले मोबाइलको अत्यधिक प्रयोग गरे भन्ने नै हो। अभिभावक आफैंले धेरै समय मोबाइलमा बिताउने तर बालबालिकालाई मोबाइल नदिनु उपयुक्त हुँदैन। त्यसैले घरमा मोबाइल प्रयोगसम्बन्धी स्पष्ट नियम बनाएर सबैले त्यसको पालना गर्नु जरुरी छ। मोबाइल हेर्दा नकारात्मक सामग्रीभन्दा सकारात्मक सामग्रीलाई प्राथमिकता दिने तथा मोबाइलको रचनात्मक प्रयोगमा जोड दिएर यस समस्यालाई न्यूनीकरण गर्न सकिन्छ। बालबालिकालाई मोबाइल प्रयोग गर्न पूर्ण रूपमा निषेध गर्नुको सट्टा सकारात्मक रूपमा प्रयोग गर्न प्रोत्साहन दिनु आवश्यक छ। 

बालबालिकाको स्वभाव नै जिज्ञासु हुन्छ। देश र समाजमा भइरहेका घटनाहरूको बारेमा तथ्यपरक जानकारी दिई गलत तथा भ्रामक सूचनाबाट बच्न प्रोत्साहित गर्नुपर्छ। समाज संयुक्त परिवारबाट एकल परिवारतर्फ प्रवेश गर्नु, अत्यन्त व्यस्त जीवनशैली, तथा मोबाइल र सामाजिक सञ्जालको अभिभावक र बालबालिकाद्वारा अत्यधिक प्रयोगका कारण घर र समाजमा प्रभावकारी संवाद हुन नसकेको देखिन्छ। यसको फाइदा हाल सामाजिक सञ्जालमा फैलिने गलत र भ्रामक सूचनाहरूले लिइरहेका छन्। जसको प्रत्यक्ष नकारात्मक असर लामो समयसम्म रहने देखिन्छ। त्यसैले सबै जना यस विषयमा सचेत भई सामाजिक सञ्जालको जिम्मेवार प्रयोगमा ध्यान दिनु आवश्यक छ। 

सामाजिक सञ्जाल एल्गोरिदममा आधारित हुन्छ। त्यसैले हामीले जस्तो सामग्री प्रयोग गछौं, त्यस्तै सामग्री उपलब्ध हुने हुन्छ। र, सही सूचनामा पहुँचमा समेत समस्या आउन सक्छ। त्यसैले सबै जना सचेत भएर यसतर्फ ध्यान दिनु जरुरी हुन्छ। हाम्रोजस्तो देशमा सामाजिक सञ्जालको पूर्ण नियमन गर्न असम्भव छ। यसको जिम्मेवारी समुदाय र परिवारबाट नै सुरु गर्नुपर्छ। बालबालिकालाई मोबाइल प्रयोग नगर्नु भन्नुभन्दा यसको सिर्जनात्मक प्रयोग तथा पहिलेका पुस्ताको ज्ञान र सीप हस्तान्तरणमा जोड दिनु आवश्यक छ। प्रविधिको उचित प्रयोगले बालबालिका र समाज दुवैलाई फाइदा पु‍र्‍याउँछ। त्यसैले यसलाई सामान्यीकरण गरी सकारात्मक प्रयोगका लागि बालबालिकालाई प्रश्न सोध्न प्रोत्साहन गर्नुपर्छ। उनीहरूसँग भावनात्मक संवाद गर्ने तथा ज्ञान र सीप आदानप्रदानमा जोड दिनुपर्छ। किनकि आजका बालबालिका सकारात्मक कुरामा रुचि राख्दछन्। 

बालबालिकाले आफूभन्दा ठूला व्यक्तिले गरेका कुरालाई हुबहु अनुकरण गर्छन्। परिवारभित्र एकअर्काको सम्मान गर्ने, सकारात्मक कुराहरूलाई प्रोत्साहन गर्ने वातावरण भएमा बालबालिकाले सोही सिक्छन्। त्यसैले अभिभावकहरूले आफू नै रोल मोडल बनेर बालबालिकामा सकारात्मक अभ्यासको विकास गर्नु आवश्यक हुन्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.