जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस

जेनजी शहीद परिवारबाट मन्त्रीका लागि तीनजनाको नाम सिफारिस
सुन्नुहोस्

काठमाडौं : जेनजी शहीद परिवारले सरकारसमक्ष तीनवटा मन्त्रालयको माग गरेका छन् । बिहीबार काठमाडौंमा जेनजी आन्दोलन शहीद परिवार संघर्ष समितिले पत्रकार सम्मेलन गरी शहीदको रगतबाट बनेको सरकारले आफूहरूलाई नै वेवास्ता गरेकाले खबरदारीका लागि भएपनि आफूहरूको उपस्थिति क्याविनेटमा जरूरी भएको बताए।

शहीद श्रीयाम चौलागाईका बुबा गणेश चौलागाईले प्रधानमन्त्री सुशीला कार्कीदेखि विभिन्न जेनजी समूह कसैले पनि आफूहरूलाई वास्ता नगरेको गुनासो गरे ।

चौलागाईले विभिन्न मन्त्रालयहरूमा पटक–पटक ज्ञापनपत्र बुझाउँदा पनि सरकारबाट माग सम्बोधन नहुँदा आफूहरू पीडित र शहीद परिवारले गहिरो पीडा भोग्नुपरेको गुनासो गरे।

जेनजी शहीद परिवार संघर्ष समितिले सरकारसमक्ष श्रम तथा रोजगार मन्त्रालयको लागि शहीद विजय चौधरीको दाजु दिपक चौधरी, खानेपानी मन्त्रालयमा शहीद इस्वत अधिकारीका आफन्त भोज विक्रम थापा र युवा तथा खेलकुद मन्त्रालयका लागि शहीद योगेन्द्र न्यौपानेको मामा कमल सुवेदीको नाम सिफारिस गरेको छ । समितिले माग ७ दिनभित्र सरकारले सम्बोधन नगरे सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

जेनजी समूहको सिफारिसमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेकी छन्। उनी नेतृत्वको सरकारमा ओमप्रसाद अर्याल गृह, रामेश्वर खनाल अर्थ, कुलमान घिसिङ ऊर्जा र जगदीश खरेल सञ्चार मन्त्री छन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.