सिन्धुपाल्चोकको बलेफी सुत्केरी भेटघाट कार्यक्रम

सिन्धुपाल्चोकको बलेफी सुत्केरी भेटघाट कार्यक्रम

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा मातृ–शिशु कार्यक्रम अन्तर्गत ‘उपाध्यक्षसँग सुत्केरी भेटघाट कार्यक्रम’ बाट १ सय ३० आमा लाभान्वित भएका छन्।

८ वटा वडा रहेको यस पालिकामा आर्थिक वर्ष २०८०/१ मा विनियोजन गरेको बजेटबाट सुत्केरी र शिशुको पोषण सुधारलाई मख्य उद्देश्य बनाएर कार्यक्रम गरेको उपाध्यक्ष सरु लामा तामाङले बताइन्। लामाका अनुसार सुत्केरी आमाहरुलाई पौष्टिक आहारसहित सरसफाई किटको प्याकेट वितरण गरेको छ।

व्यक्तिगत स्वास्थ्य र सरसफाइलाई मध्यनजर गरेर १ क्रेट अण्डा, १/१ किलो चना केराउ, १ लिटर घ्यू, ब्रस, मन्जन, नेलकटर, २ पाकेट सेनेटरी प्याड, २ वटा साबुन बच्चाका आमाहरुलाई हस्तान्तरण गरिएको छ।

उनका अनुसार ‘स्वस्थ आमा, स्वस्थ बच्चाः सुनिश्चित भविष्य’ भन्ने धारणासहित गाउँपालिकाको सिंगो समूह आमा र शिशुहरुको स्वास्थ्यप्रति सचेत र सजक रहेको बताइन्। यो सँगै सुत्केरीको स्वास्थ्य अवस्थाको जानकारी, खानपान र सरसफाईमा ध्यान दिनका लागि सजग समेत गराएको उनले जानकारी दिइन्।

यस कार्यक्रमलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष सरु लामा तामाङसहित सम्बन्धित वडाको वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख र स्वास्थ्यकर्मीहरुको समूहले समन्वय गरेको छ। कार्यक्रम ८ वटै वडामा ३ दिन लगातार सञ्चालन भएको थियो। 

गाउँपालिकाले पालिकाभित्रको स्वास्थ्य संस्थामा नियमित सुत्केरी जाँच गर्ने गर्भवतीलाई डेलिभरी गराउन नसक्ने भएमा सुविधा सम्पन्न अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्सको सुविधा समेत दिँदै आएको छ। 

गाउँपालिकाले प्रत्येक वर्ष छोरी सम्मान कार्यक्रमसँगै बहुक्षेत्रीय पोषण योजना अन्तर्गत विपन्न समुदायको सुनौला हजार दिनको आमाहरुलाई पोषण सुधारका लागि आयआर्जन कार्यक्रममार्फत सुरुवाती पुँजी वितरण पनि गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.