सुदूरपश्चिममा नीति तथा कार्यक्रमअनुसार नै बजेट आए पास हुन नदिने कांग्रेसको चेतावनी

सुदूरपश्चिममा नीति तथा कार्यक्रमअनुसार नै बजेट आए पास हुन नदिने कांग्रेसको चेतावनी

धनगढी : नेपाली काँग्रेस सुदूरपश्चिमले नीति तथा कार्यक्रम अनुसारकै बजेट आए पास हुन नदिने चेतावनी दिएको छ। सरकार विस्तार भएकै दोस्रो दिन मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै पूर्वमुख्यमन्त्री एवम् संसदीय दलका नेता कमल बहादुर शाहले प्रदेशमा सीमाभन्दा ठूलो बजेटको तयारी भइरहेकाले पास गर्न नदिने बताएका हुन्।

‘नीति तथा कार्यक्रममा व्यक्तिका नामहरु समावेश भएका छन् । प्रदेशमा सीमाभन्दा ठूलो बजेटको तयारी भइरहेको छ, त्यसो भएमा हामी कुनै पनि हालतमा बजेट पास हुन दिन्नौं’ शाहले भने ‘यो नीति तथा कार्यक्रममा भएको धेरै कुरा बजेटमा आउनु हुँदैन । यसलाई सुधार गरेर लैजानु पर्छ।  नीति तथा कार्यक्रम अनुसारको बजेट आए हामी प्रतिवाद गर्छौ ।’

 उनले बजेटको रातो किताब हेरेर विरोधको शैली तय गरिने बताए ।‘हामीले व्यक्तिगत फर्मलाई पैसा नहाल्ने प्रयास गरेका थियौँ तर, त्यो नीति तथा कार्यक्रममा व्यक्तिगत योजना देखिएका छन्।’ उनले भने,‘खल्तीका योजना हाम्रो नेतृत्वको सरकारले सृजना गरेको होइन, आज पनि त्यहि भइरहेको छ । हामी त्यसको विरोध गर्छौ ।’

उनले योजना पार्न बिचौलियाको बिगबिगि भएको आरोप लगाए । ‘बजेट कर्मचारीले होइन, कसैको सचिवालयले बनाइरहेको छ । योजनामा बिचौलियाको बिगबिगी देखिएको छ, अब बजेट कस्तो आउँछ, हेरेर प्रतिवादको शैली अपनाइन्छ’ उनले भने ।

प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका शाहले अहिलेको सरकारले मन्त्रालय तोडफोड गरेर जनताको भावनामाथि खेलवाड गरेको बताए । ‘त्यसै त संघीयता मन नपराउनेहरु प्रदेश संरचना प्रति औंला उठाई रहेका छन्, झन त्यसैमा मन्त्रालय तोडफोड गरे जनतामा निरासा छाउँछ’ उनले भने । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.