चीनको एक पार्कमा चारजना अमेरिकी शिक्षकमाथि चक्कु प्रहार

चीनको एक पार्कमा चारजना अमेरिकी शिक्षकमाथि चक्कु प्रहार
सांकेतिक तस्बिर।

बेइजिङ : उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा अज्ञात आक्रमणकारीले चक्कु प्रहार गर्दा चार अमेरिकी घाइते भएका छन्। घाइते हुनेमा अमेरिकी विश्वविद्यालयका शिक्षक रहेका बताइएको छ। घाइतेहरुलाई अस्पतालमा भर्ना गरिएको छ ।

कलेजले एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर दुर्घटनामा आयोवा कलेजका एक शिक्षक गम्भीर घाइते भएका छन्।'

आयोवा कलेजका प्रतिनिधि एडमले भने, 'चक्कु प्रहारबाट घाइते भएका चार जनामध्ये मेरो भाइ एक हो।  मानिसहरूको समूह स्थानीय मन्दिरको दर्शन गर्न जाँदै थियो, त्यही क्रममा एक व्यक्तिले छुरी प्रहार गर्यो। मेरो भाइको हातमा चोट लागेको छ र उनको अस्पतालमा उपचार भइरहेको छ।'

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले बीबीसीलाई छुरा प्रहारको घटनाको रिपोर्ट प्राप्त भएको तर थप जानकारी उपलब्ध नभएको बताए। ती चार जना शिक्षक चीनको एउटा विश्वविद्यालयमा साझेदारीमा अध्यापन गराउँदै आएका कलेजले जनाएको छ ।

यद्यपी चिनियाँ प्रशासनले यस घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.