सरकारलाई राजेन्द्र बजगाईको प्रश्न : तिब्बतमा पक्राउ परेका गोरखाका दुई युवाको अवस्था के छ ?


काठमाडौं :  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईले चीनको तिब्बमा पक्राउ परेका गोरखाका दुई युवाको अवस्थाबारे सरकारसँग जानकारी माग गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बजगाईले करिब डेढ महिनाअघि तिब्बत प्रहरीले गोरखाको चुमनुब्री गाउँपालिका-७ (साविक छेकम्पार गाविस) स्थित लामागाउँका प्के लामा र कर्मा छेदेन लामालाई तिब्बत बोलाएर नियन्त्रणमा लिएको जानकारी आएको बताए।

गोरखाका दुई युवा तिब्बतमा पक्राउ परेको समाचार यही जेठ २७ गते अन्नपूर्णपोस्टले प्रकाशित गरेको थियो। सो समाचार प्रकाशितपछि गोरखाका सांसद बजगाईंले उनीहरूको खोजिनिधि गरिदिन सरकारसँग माग गरेका हुन्।

विगत पाँच वर्षदेखि चिनियाँ सरकारले गोरखा र तिब्बतको सीमानामा पर्ने मुलाढाज्यान नाका बन्द गरेको छ। नाका बन्द भए पनि यी दुई युवालाई सीमानामा बोलाएर पक्राउ गरेको बुझिएको छ। 

 पक्राउ पर्नुको कारण खुल्न नसकेको बताउँदै नेता बजगाईले उनीहरूको खोजि र रिहाइका लागि सभामुखमार्फत् परराष्ट्रमन्त्रीको ध्यानाकर्षणसमेत गराए। 

'गोरखा जिल्लाको चुमनुब्री गाउँपालिका वडा नम्बर ७ का राप्के लामा र कर्मा छेदेन लामालाई करिब डेढ महिनापहिला चीनको स्वसासित क्षेत्र तिब्बतबाट फोन आयो। र त्यहाँ चीन प्रशासनले फोन गर्न लगाएको रहेछ। उहाँहरूलाई तिब्बततिर आउन आह्वान गरियो। उहाँहरू तिब्बत जानुभयो। र त्यहाँ उहाँहरू पक्राउ परे,उनले भने,' यो कुरा नेपाल सरकारलाई थाहा छैन। उहाँहरूको अवस्था कस्तो छ । जिउँदै हुनुहुन्छ कि थाहा छैन। यसका लागि सरकारले के पहल गर्न‍े हो म परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु।'

सांसद बजगाईले हिमाल आरोही निर्मल पूर्जाका विवादास्पद कार्य तत्काल नियन्त्रण गर्नुपर्ने माग गरे।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.