गण्डकीमा फ्लोर क्रस गर्नेमाथि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल
![गण्डकीमा फ्लोर क्रस गर्नेमाथि कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल](https://annapurnapost.prixacdn.net/media/albums/PM_dahal111_eCivb9qz5w_3Mn0FvKrb3.png)
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले गण्डकी प्रदेशमा 'फ्लोर क्रस' गर्नेलाई कारबाही गर्ने बताएका छन्। भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री दाहालले पार्टीले कारबाही प्रक्रिया अगाडि बढाउने बताए।
'संविधानको मर्मविपरीत ह्वीप तोड्नेलाई कारबाही हुन्छ। कारबाही प्रक्रिया अगाडि बढ्छ। निलम्बन हुन्छ,' सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने।
माओवादीको चुनाव चिन्हबाट विजयी भएका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटाले सोमबार फ्लोर क्रस गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएका थिए। उनले आफू अर्कै पार्टीबाट प्रतिनिधित्व गरेकाले माओवादीको ह्वीप आफूमाथि लागू नहुने बताए। मुख्यमन्त्री पाण्डेले ३१ मत ल्याए विश्वासको मत पाएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)