दसौं राष्ट्रिय खेलकुद तोकिएकै मितिमा आयोजना हुन्छ : मन्त्री श्रेष्ठ


व्रिेन्द्रनगर : खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आगामी मंसिरमा कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्यतताका साथ सम्पन्न हुने बताएका छन्। खेलकुदको महापर्व १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयरीको अवस्था बुझ्न मन्त्रालयका सचिव, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव लयातको उच्चस्तरीय टोली सहित सुर्खेत आएका मन्त्री श्रेष्ठले सुर्खेतमा निर्माणाधिन प्रदेश रंगशालाको निरिक्षण गर्दै यस्तो बताएका हुन्।

उनले कर्णाली प्रदेशले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको भन्दै उक्त कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गर्न सबै कर्णालीबासीहरुले सहयोग गर्नुपर्ने बताए। उनले भने, 'यो नेपालकै गौरबको कार्यक्रम हो। यो कार्यक्रम सम्पन्न गर्नका लागि समग्र कर्णाली, नेपाल र बिदेशमा रहेका नेपालीहरुको पनि साथ र सहयोगको आवश्यकता पर्छ। सरकारले बजेटमा नै १०औं राष्ट्रिय खेलकुदका लागि बजेटसमेत विनियोजन गरिसकेकाले प्रतियोगिता निर्धारित समयमा नै सम्पन्न हुने बताए। 

यही २०८१ मंसिर २ देखि ७ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिता गर्न तत्कालिन जीवनबहादुर शाहीको नेतृत्वको कर्णाली प्रदेश सरकारले प्रदेश गौरवको आयोजनाका रुपमा प्रदेश रंगशाला निर्माणको काम थालनि गरेको थियो। कर्णाली प्रदेश खेलकुद परिषदका सदस्य सचिव बिषामित्र संज्यालका अनुसार उक्त रंगशालाको निर्माणको काम हाल ८० प्रतिशत सम्पन्न भइसकेको छ। आउने असार मसान्तसम्म ९० प्रतिशत काम सम्पन्न गर्ने र आगामी भदौ अगाडि नै १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुर्खेतमा सबै खुलसंरचनाहरू निर्माण कार्य पूरा हुनेछन्। प्रदेश गौरवको आयोजनाअन्तर्गत वीरेन्द्रनगरमा १० हजार दर्शक क्षमताको प्रदेश रंगशाला बनिरहेको छ। १ अर्ब ५९ करोड रुपैयाँमा रंगशाला निर्माणको काम भइरहेको हो। रंगशालासँगै १ हजार ५ सय दर्शक अट्ने इन्डोर कभर्डहल पनि बनिरहेको छ। 

null

कर्णालीमा अहिले खेलकुद पूर्वाधार, बसोबास व्यवस्थापन, प्रशिक्षक, अभ्यास र आन्तरिक प्रतियोगितालगायतको अभाव छ। संघीय सरकारले कर्णालीमा १०औं खेलकुद प्रतियोगिता सम्पन्न गर्नका लागि खेल पूर्वाधार निर्माणमा बजेट नदिएको भन्दै आलोचना पनि भइरहेको छ। एक जना जिल्ला खेलकुद विकास समितिका अध्यक्षले भने, 'विगतका प्रतियोगितामा जहाँ खेल आयोजना हुन्छ। त्यहाँ खेल पूर्वाधार निर्माणका लागि संघ सरकारले बजेट दिन्थ्यो। तर, अहिले कर्णालीलाई संघ सरकारले विभेद गरेको छ। कर्णालीमा खेल पूर्वाधार निर्माणका क्षेत्रमा संघ सरकारको् लगानी शून्य भयो। अहिले बजेटमा आएको बजेट प्रतियोगिताका लागि मात्र हो।'

त्यस्तै खेलकुद परिषदका सदस्य सचिव संज्यालले भने, 'सुर्खेतमा खेलकुदका पूर्वाधार र आवाससमेत अभाव हुन सक्छ। त्यसका लागि कर्णालीका अन्य जिल्ला जिल्लामा पनि विभिन्न खेलहरू विभाजन गर्ने गरी तयारी भइरहेको छ।'

null
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.