वेस्ट इन्डिज पुगे

टी-२० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने

टी-२० विश्वकप : सन्दीप लामिछानेले दक्षिण अफ्रिका र बंगलादेशविरुद्ध खेल्ने
फाइल तस्बिर।

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जारी आईसीसी टी -२० विश्वकपमा वेस्ट इन्डिजमा दुई खेल खेल्ने भएका छन्। आज एक विज्ञप्ति जारी गर्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले लामिछाने वेस्ट इन्डिज प्रस्थान गरेको र आईसीसी टी-२० विश्वकपअन्तर्गत दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा सहभागी हुने जानकारी दिएका हुन्। 

क्यानले युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसीसमक्ष पेश गरेको जनाएको छ।  क्यानले लेग स्पिनर लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा नदिएपश्चात अमेरिकामा हुने खेलमा सहभागी हुन नपाएको उल्लेख गरेको छ। 

‘जारी आईसीसी टी -२० विश्वकप २०२४ का लागि नेपाली खेलाडी सन्दीप लामिछाने वेस्ट इन्डिज प्रस्थान भई नेपाली राष्ट्रिय क्रिकेट टोलीमा समावेश हुने जानकारी गराउन चाहन्छौं।’ क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘सम्मानित उच्च अदालत पाटनले गत मे १५ मा दिएको फैसलासँगै नेपाल क्रिकेट संघले पूर्व घोषित टिमबाट युवा बलर प्रतिश जिसीलाई ट्राभलिङ रिजर्भमा राख्ने निर्णय गर्दै सन्दीप लामिछानेलाई विश्वकप खेल्ने आधिकारिक १५ जना टोलीको अन्तिम नामावली आईसीसी सामु पेश गरेको थियो। लामिछाने गत मे १६ तारिखदेखि नै नेपालको अफिसियल स्क्वाडमा रहेका तर उनको अमेरिकी भिसा प्राप्त नभएता पनि आईसीसीसँग समन्वय गरी वेस्ट इन्डिजमा हुने दक्षिण अफ्रिका तथा बंगलादेश विरुद्ध नेपालका दुई खेलमा उनको उपस्थिति रहने जानकारी गराउन चाहन्छौं।’

उच्च अदालत पाटनले लामिछानेको मुद्दामा  जिल्ला अदालत काठमाडौंको फैसला उल्टाउँदै सफाइ दिएपछि क्यानले लामिछानेमाथि राष्ट्रिय/अन्तर्राष्ट्रिय खेलमा गरेको निलम्बन फुकाएको थियो। उनलाई क्यानले राष्ट्रिय टोलीमा समावेश गरेपनि अमेरिकाले भिसा नदिँदा अमेरिकामा हुने दुई खेल गुमाएका हुन्।

सचिव खड्काले लामिछानेको भिसासँग सम्बन्धित क्यानप्रति लक्षित नकारात्मक वक्तव्यबाजी सत्य नरहेको जानकारी गराए। विज्ञप्तिमा भनिएको छ,‘यस्ता अनावश्यक र आधारहीन वक्तव्यबाजीतर्फ नलागी, नेपाली क्रिकेटका शुभचिन्तक सबैले देखेको हाम्रो नेपाली क्रिकेटको उज्ज्वल भविष्य साकार पार्न यहाँको आफ्नो क्षमताले भ्याएसम्म स-साना भएपनि सकारात्मक टिप्पणीसहित प्रयास र पहल गरिदिनुहुने हार्दिक आह्वान गर्न चाहन्छौं। नेपाली क्रिकेटका सम्पूर्ण समर्थकहरूलाई, व्यक्तिगत तथा राजनीतिक लाभका लागि गरिएका फलहीन मिडियाबाजीबाट विचलित नभई नेपाली राष्ट्रिय क्रिकेट टिमलाई यस विश्वकपमा सक्दो हौसला प्रदान गरिदिनुहुन अनुरोध गर्दछौं।’ 

क्यानले दश वर्षपछि नेपालले सहभागिता जनाइरहेको क्रिकेटको यस महा -उत्सवमा सम्पूर्ण नेपाली क्रिकेट समर्थकहरू एक ढिक्का भई नेपाली क्रिकेट टोलीको हौसला बढाइदिनुहुन समेत  आह्वान गरेको छ।  समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्। नेपालले दोस्रो खेल श्रीलंकासँग जुन ११, तेस्रो खेल दक्षिण अफ्रिकासँग जुन १४ र चौथो खेल बंगलादेशसंग जुन १६ मा खेल्नेछ।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.