भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु, राष्ट्रपतिले गराइन् शपथ

भारतीय प्रधानमन्त्री मोदीको तेस्रो कार्यकाल सुरु, राष्ट्रपतिले गराइन् शपथ
सपथ ग्रहण गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथ ग्रहण गरेका छन्। भारतीय राष्ट्रपति द्रौपदी मुर्मूले आज साँझ नवनियुक्त प्रधानमन्त्री मोदीलाई शपथ ग्रहण गराएकी हुन्।

null

उनले प्रधानमन्त्रीको रुपमा तेस्रो कार्यकाल सम्हालेका छन्। प्रधानमन्त्री मोदीको शपथ ग्रहण लगत्तै उनका मन्त्रिपरिषद्का सदस्यले पनि शपथ लिएका छन्। 

५४३ सदस्यीय लोकसभाका लागि भएको चुनावपछि गत मंगलबार भएको मतगणनामा भारतीय जानता पार्टी नेतृत्वको एनडीए गठबन्धनलाई २९३ सिट मिलेको थियो। मोदीको दल भाजपा एक्लैले २४० सिट मात्र जितेको हो। 

शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल आज दिउँसो नयाँ दिल्ली गएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको भ्रमण टोलीमा कानुन तथा संसदीय मामिला मन्त्री पदम गिरी, उनकी छोरी गंगा दाहाललगायत उच्चपदस्थ सरकारी अधिकारी सहभागी छन्।

मोदीको शपथ ग्रहण कार्यक्रममा विदेशी पाहुनासहित उल्लेख्य सहभागिता रहेको बताइएको छ। मोदी एनडीए गठबन्धनको नेतृत्व गर्दै तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीमा नियुक्त भएका थिए। nullnull


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.