प्रधानमन्त्री दाहाललाई भारतले यसरी गर्यो स्वागत


काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतको विदेश मन्त्रालयका विशेष सचिव पी कुमारनले औपचारिक स्वागत गरेका हुन्। 

प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थल बाहिर सांस्कृति कार्यक्रम आयोजना गरिएको थियो। प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री दाहाल आइतबार दिउँसो भारत प्रस्थान गरेका हुन्। शपथपछि प्रधानमन्त्री दाहाल र मोदीबीच आइतबार भेटवार्ता हुने कार्यक्रम तय भएको छ।

null

प्रधानमन्त्री दाहाल सोमबार स्वदेश फर्कने कार्यक्रम छ। भ्रमण टोलीमा प्रधानमन्त्री दाहालसँगै छोरी गंगा दाहाल,कानुन,न्याय तथा संसदीय व्यवस्थामन्त्री पदम गिरी तथा उच्चपदस्थ सरकारी कर्मचारी रहेका छन्। प्रधानमन्त्री दाहालले यसअघि गत जेठमा भारतको औपचारिक भ्रमण गरेका थिए।

null

भारतमा सम्पन्न लोकसभा निर्वाचनमा नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए) २ सय ९३ स्थानमा विजयी भएको छ भने प्रधानमन्त्री मोदीको दल भारतीय जनता पार्टीले २ सय ४० सिट जितेको छ। 

एनडीएको समर्थनमा भारतीय जनता पार्टीका नेता मोदीले आइतबार अपराह्न प्रधानमन्त्रीको तेस्रो कार्यकालका लागि शपथग्रहण गर्न लागेका हुन्। राष्ट्रपति भवनमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद् सदस्यहरूलाई शपथ गराउने कार्यक्रम तय भएको छ। 

प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा प्रधानमन्त्री दाहालसँगै भारत सरकारले श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङघे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे र मोरिससका प्रधानमन्त्री प्रविन्द जगन्नाथलाई पनि निमन्त्रणा गरेको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.