गुल्मीमा कपडा बैंक स्थापना

गुल्मीमा कपडा बैंक स्थापना
सुन्नुहोस्

गुल्मी : गुल्मीमा पहिलो पटक कपडा बैंकको स्थापना गरिएको छ। गणतन्त्र दिवसका अवसरमा जिल्लाको चन्द्रकोट गाउँपालिकाको शान्तिपुर बसपार्कमा कपडा बैंकको स्थापना गरिएको हो।

उद्योग वाणिज्य संघ शान्तिपुरको सहयोगमा  स्थापना गरिएको कपडा बैंकको गाउँपालिका अध्यक्ष युवराज केसीले बक्स खोलेर उद्घाटन गरेका हुन्। ग्रामीण क्षेत्रमा पनि कपडा बैंकको आवश्यकता रहेकाले मानवीय सेवा अन्तर्गत यसको स्थापना गरिएको उद्योग वाणिज्य संघ शान्तिपुरका अध्यक्ष तेजेन्द्र थापाले बताए।

उनले सबैले आफ्ना पुराना र प्रयोगविहीन कपडाहरु बैंकमा जम्मा गरेर पर्यावरणमा पर्ने नकरात्क असरलाई रोक्न आग्रह गरे। कपडा बैंकमा जम्मा भएका कपडा रिफाइन गरेर व्यवस्थापन गरी पुनः प्रयोगमा ल्याइने हुनाले जो कोहीले पनि प्रयोग गर्न सकिने उनको थापाले बताए।

पछिल्लो समय मानवीय सेवा गर्ने उद्देश्यसहित स्थापना गरिएको कपडा बैंकले नागरिकमा केही राहत तथा उत्साह थपिएको गाउँपालिका उपाध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिए। उपाध्यक्ष भण्डारीले यो कार्य निकै प्रसंसनीय र परोपकारी भएकाले जिल्लाका सबै पालिकालाई यसको आवश्यकता रहेको बताए।

समुदायमा भौतिक विकाससँगै सामाजिक विकास, मानवीय विकास पनि आवश्यकता रहेको गाउँपालिका अध्यक्ष युवराज केसीले बताए। उनले गाउँपालिका भित्रका केही मुख्य बजारमा कपडा बैंकको विस्तार गरिने बताए। कपडा बैंकमा संकलन भएका कपडालाई प्रशोधन गरेर नागरिकको आवश्यकता अनुसार वितरण गरिने अध्यक्ष केसीले बताए। कपडा बैंक सञ्चालन भएको चार महिनाको अवधिमा सात सयभन्दा बढी आगलागी पीडित परिवारलाई कपडा प्रदान गरिएको कपडा बैंकका सञ्चालक कमल जिसीले जानकारी दिए। 

उनले कपडा बैंक विपन्न गरिब र आम नागरिकको लागि साच्चिकै यो पुण्य कर्म भएकाले यसको थप विस्तारमा सबैले जोड दिनुपर्ने बताए। आगामी २०८२ सम्ममा देशैभर फूड एम्बुलेन्स समेत सञ्चालन गर्ने योजना बनाएको छ भने हालसम्म १६० भन्दा बढी स्थानीय तह उक्त अभियानमा जोडिएको क्लोथ एण्ड फूड बैंक नेपालले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.