गर्मी बढेपछि भैरहवाका विद्यालय जेठ २५ गतेसम्म बन्द

गर्मी बढेपछि भैरहवाका विद्यालय जेठ २५ गतेसम्म बन्द
सुन्नुहोस्

भैरहवा : रुपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा) मा रहेका सबै विद्यालयहरू ८ दिनका लागि बन्द गरिएको छ।

बढ्दो गर्मीका कारण विद्यार्थी र जनजीवनमा समेत नकारात्मक असर परी बिरामी हुने समस्यालाई मध्यनजर गर्दै बिहीबार बसेको सिद्धार्थनगर नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले ८ दिनसम्मका लागि विद्यालयमा विदा दिने निर्णय गरेको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले जानकारी दिए।

उनका अनुसार वर्षे/गर्मी वा हिउँदे बिदाबाट कट्टी हुने गरी जेठ १८ शुक्रबार देखि जेठ २५ गतेसम्म विद्यालयमा बिदा दिइएको छ। पालिकामा सामुदायिक १७, संस्थागत ४१ र धार्मिक १४ वटा गरी ७२ वटा विद्यालय छन्।

‘बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित भएकाले विद्यार्थीहरुको पठनपाठनमा अहसजतादेखि लिएर बिरामीसम्म परिरहेका छन्’, सिद्धार्थनगर नगरपालिकाका मेयर इश्तियाक अहमद खाँले भने,‘जसकारण राहतका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।’

सामान्यतया दिउँसोको समयमा भैरहवाको तापक्रम ४३ डिग्री सेल्सियस सम्म पुग्ने गरेको छ भने बिहीबार बिहान करिब ९ बजेको समयमा भैरहवाको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको छ। कक्षा ११ र अन्य राष्ट्रियस्तरका परीक्षाहरू भने सञ्चालन गर्नमा बाधा नपर्ने नगरपालिकाको कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.