फेवातालमा छाल चलेपछि जोखिममा परेकी अष्ट्रियाकी पर्यटकको उद्धार
पोखरा : पोखरामा बिहीबार दिउँसो एक्कासि चलेको हावाहुरीका कारण तालमा छाल चल्दा डुंगा पल्टने अवस्था आएको सूचनाका आधारमा सुरक्षाकर्मीले एक पर्यटकलाई उद्धार गरेका छन्।
दिउँसो ४ बजेर २० मिनेटमा एक्कासि हावाहुरी आउँदा तालमा एक्लै नौका बिहार गरेकी अष्ट्रियाकी २७ वर्षीय पर्यटक लाउराको उद्धार गरिएको कास्की प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल नेपाल कालिका र वडा प्रहरी कर्यालय बैदामबाट खटिएका प्रहरी टोलीले उद्धार गरेको प्रहरीले जनाएको छ। लाउरा एक्लै काठका डुंगा लिएर तालमा सयर गरेकी थिइन्।