सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो

सिन्धुली दुर्घटनाका घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं लगियो
सुन्नुहोस्

सिन्धुली : सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक जनालाई थप उपचारका लागि काठमाण्डौं लगिएको छ। 

बिहीबार तीनपाटन गाउँपालिका-२, भीमस्थान चोकमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका तीनपाटन गाउँपालिका १ चिसापानीका ४५ का नवराज काफ्लेलाई  हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको सिन्धुली प्रहरीले जनाएको छ।

भीमस्थानबाट बेलघारीतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ त ५५२६ नम्बरको ट्याक्टरले विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २-०२-००५ प ४७४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काफ्ले गम्भीर घाइते भएका थिए।

उनको सिन्धुली अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत नेपाल मेडिसिटि अस्पताल पठाइएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्द काफ्लेले जानकारी दिए। ट्याक्टर र चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.