स्वास्थ्य शिविरबाट ९ सय २२ जनाले सेवा लिए

स्वास्थ्य शिविरबाट ९ सय २२ जनाले सेवा लिए

रसुवा : घरदैलोमै स्वास्थ्य सेवा दिने उद्देश्यले नौकुण्ड गाउँपालिकाको ठूलोभोर्लेमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरबाट नौ सय २२ जनाले स्वास्थ्य सेवा लिएका छन्। 

डा.केदारनरसिंह केसीको अगुवाइमा इसोदादेवी–भगवानसिंह मेमोरियल ट्रस्ट काठमाडौंको आयोजना र रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने तथा भोर्लेस्थित रुद्रादेवी स्वास्थ्य आमा समूहको सहयोगमा नौकुण्ड-५ स्थित ठूलो भोर्ले गाउँमा स्वास्थ्य शिविर सम्पन्न भएको हो। 

शिविरमा दुई सयको अल्ट्रासाउन्ड,९२ लाई स्त्रीसम्बन्धी रोग उपचार, एक सय १० जनालाई दाँत एवं ५० जनालाई प्रसूतिसम्बन्धी उपचारका साथै दुई सय ७१ जनाको सामान्य स्वास्थ्य परीक्षण गरिएको अध्यक्ष न्यौपानेले बताए। निःशुल्क प्रदान गरिएको औषधिमध्ये ५० प्रतिशत स्थानीय तह र ५० प्रतिशत डा. केसीले व्यवस्था गरेका थिए।

उपचारमा आएका अधिकांश सेवाग्राहीमा गानोगोला, दम, अम्लपित्त, टाउको दुखाइ, नसा तथा हाडजोर्नीजस्ता विविध समस्याका बिरामीले स्वास्थ्य उपचार सेवा लिएका थिए। 

स्थानीय बहादुरसंह तामाङले कमजोर आर्थिक अवस्थाका कारण टाढा जान नसकेका बासिन्दालाई उपचारमा ठूलो राहत मिलेको बताए। शिविरमा स्वास्थ्य परीक्षण तथा उपचारका लागि डा. केसीको नेतृत्वमा डा. विनोद अर्याल, डा. दीपेश पौडेल, डा. जसपाल यादव, डा. पूजा महतो, डा. सामना कोइराला, डा. अमर श्रेष्ठ र वरिष्ठ नेत्र सहायक राजेन्द्र राना संलग्न थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.