सिन्धुलीको बारामा बस दुर्घटना हुँदा २५ जना घाइते

सिन्धुलीको बारामा बस दुर्घटना हुँदा २५ जना घाइते
सुन्नुहोस्

सिन्धुली : बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका- ७, तल्लो बारामा बस दुर्घटनामा भएको छ। 

दुर्घटनामा २५ जना यात्रु घाइते भएका छन्। घाइतेको उद्धार कार्य जारी छ। घाइतेको खुर्कोटस्थित शुभ जीवन अस्पताल र सुनकोसी सामुदायिक अस्पतालमा उपचारका लागि पठाइएको छ। 

महोत्तरीको बर्दिबासबाट काठमाडौंतर्फ जाँदै गरेको १७३२ नम्बरको पर्यटकीय बस दुर्घटना भएको हो। बसमा ग्लोबल आईएमई बैंकका कर्मचारी रहेको गोलन्जोर गाउँपालिका-७ सिन्धुलीका वडाध्यक्ष रेगनराज थापाले जानकारी दिए। 

उनीहरू बैंकको तालिममा सहभागी भएर बर्दिबासबाट फर्कँदै थिए। घुमाउरो सडकमा विपरीत दिशाबाट आएको स्कुटरलाई जोगाउँदा दुर्घटना भएको अनुमान गरिएको छ। 

बस सडकबाट करिब ५० मिटर तल खसेको छ। घटनाको विवरण आउन बाँकी छ। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.