धनगढीमा २९ वर्ष यताकै प्रचण्ड गर्मी, एक हप्ताका लागि विद्यालय बन्द

धनगढीमा २९ वर्ष यताकै प्रचण्ड गर्मी, एक हप्ताका लागि विद्यालय बन्द
सुन्नुहोस्

धनगढी : सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा २९ वर्ष यताकै सबैभन्दा बढी गर्मी भएको छ। 

सन् १९९५ को जुन महिनापछि बिहीबार दिउँसो बढी तापक्रम मापन भएको हो। मंगलबारबाट उकालो लागेको तापक्रम बिहीबारसम्म बढिरहेको छ। 

मंगलबार ४२ डिग्री सेल्सियस तापक्रम मापन भएकोमा बुधबार ४३.३६ डिग्री र बिहीबार (आज) ४४ दशमलव १ डिग्री मापन भएको हो। 

मौसम विज्ञान विभागको फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले १९९५ पछि बिहीबार बढी तापक्रम मापन भएको दिन भएको बताए।

सन १९९५ जुनमा धनगढीको तापक्रम ४६ दशमलव ४ मापन भएको थियो। जल तथा मौसम विज्ञान विभाग, महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले धनगढीमा बुधबार २९ वर्षपछि उच्च तापक्रम मापन भएको जानकारी दिए। 

गत वर्ष धनगढीको उच्च तापक्रम ४१ डिग्री सेल्सियस रेकर्ड भएको थियो। गर्मी बढेका कारण धनगढी उपमहानगरपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाले जेठ १८ देखि  २४ गतेसम्म विद्यालय बन्द गर्ने जनाएको छ।

उपमहानगरपालिकाले जारी गरेको सूचनामा अत्यधिक गर्मी बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी सात दिनका लागि सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.