साताको अन्तिम कारोबार दिन कस्तो रह्यो सेयर बजार ?

साताको अन्तिम कारोबार दिन कस्तो रह्यो सेयर बजार ?

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १९.८९ अंकले बढेर २०६९.५३ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स १.०४ प्रतिशतले घटेर ३७०.१९ विन्दुमा कायम भएको छ। नेप्से दोहोरो अंकले घट्दा कारोबार रकममा पनि गिरावट आएको छ।

यसदिन ३११ स्क्रिप्सको ९८ हजार ६४ लाख ४८३ कित्ता सेयर ६१ हजार ७२ पटकको कारोबारमा ४ अर्ब २१ करोड  ७४ लाख ९४ हजार १९५ रुपैयाँमा खरिदबिक्री भए। 

अघिल्लो दिन बुधबार ४ अर्ब  ५७ करोड ५० लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। यसदिन चारवटा स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

नेपाल फाइनान्स,अपर लोहोरे खोला हाइड्रोपावर,भगवती हाइड्रोपावर डेभलपमेन्ट र  मनकामना इन्जिनियर हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

पोखरा फाइनान्सका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले ओरालो लाग्यो। १९ करोड मूल्य बराबरको सेयर कारोबार गरी नेपाल फाइनान्स शीर्षस्थानमा रह्यो।

नगदी ग्रुपको १५ करोड,जानकी फाइनान्स १३ करोड,सीईडीबी हाइड्रोपावर डेभलपमेन्टको १२ करोड र कालिञ्चोक दर्शनको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।

तीन उपसमूहको सूचक बढ्दा बाँकी १० समूहको उपसूचक नकारात्मक देखिएका छन्। फाइनान्सको ०.१५,हाइड्रोपावरको ०.४९ र मनु एण्ड प्रोको १.२३ प्रतिशतले सूचक बढेको हो।

आज कारोबारमा आएका ७० स्टकको मूल्य बढ्दा १७३ वटाको मूल्य घट्यो भने ४ वटाको मूल्य स्थिर रह्यो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.