बिर्तामोडमा महिला हत्या आरोपमा पाँचजना पक्राउ

बिर्तामोडमा महिला हत्या आरोपमा पाँचजना पक्राउ

काठमाडौं : झापाको बिर्तामोड नगरपालिका -४ शिवनगर टोल बस्ने ६७ वर्षीया बिष्णुमाया विष्टको हत्या अभियोगमा प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा झापा शिवनगर टोलका २२ वर्षीय गंगा प्रसाद राजवंशी,२३ वर्षीय महेश राजवंशी,२१ वर्षीया वर्षा मुनदास राजवंशी,३३ वर्षीय ज्याक भन्ने भगरथ माझी र झापाको अर्जनधारा ६ का ४३ वर्षीय धनबहादुर कामी रहेको नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता तथा सूचना अधिकारी होविन्द्र बोगटीले जानकारी दिएका छन्।

पक्राउ परेकाहरूको साथबाट सुनको बाला,सुनको सिक्री,बेरूवा औंठी,सुनको जन्तर,मृतकले लगाएको सुनको सिक्री,सुनको टप र चाँदीको कलश बरामद भएको प्रहरीले जनाएको छ।

गत वैशाख २६ गते शिवनगर टोल बस्ने विष्ट घरभित्रै हत्या गरिएको अवस्थामा फेला परेकी थिइन्। उनको धारिलो हतियार प्रयोग गरेर हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ। सुनको गहना तथा नगद लुट्ने उद्देश्यले ती महिलाको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.