बजेट सन्तुलन रहेको दावी

माधवजी सत्ता समीकरणभन्दा बाहिर जानु हुँदैन भन्ने कुरामा क्लियर हुनुहुन्छ : प्रधानमन्त्री

माधवजी सत्ता समीकरणभन्दा बाहिर जानु हुँदैन भन्ने कुरामा क्लियर हुनुहुन्छ : प्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

विराटनगर : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रूपमा आएको बताएका छन् । ‘अहिलेको हाम्रो आर्थिक स्थिति र सबै राजनीतिक परिस्थिति हेर्दा यो एउटा सन्तुलित रूपमा आएको बजेट हो,’प्रधानमन्त्री दाहालले भने,‘सबै विज्ञहरुले त्यही रूपमा लिएका छन् ।’ 

रोजगार श्रमाधान मेलाको उद्घाटन गर्न विराटनगर आएका दाहालले बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उत्पादन,उत्पादकत्व र रोजगारीलाई केन्द्रित गरेर बजेट आएको बताए । थुप्रै नयाँ कार्ययोजना र रोजगारीको ठोस कार्यक्रमसहित बजेट ल्याइएको उनको भनाइ छ ।

बजेटमा समेटिएको कृषि र आईटी दशकसँग सम्बन्धित कुरा आफैंमा नयाँ भएको प्रधानमन्त्री दाहालले बताए । ‘वक्तव्यमा जति कुरा आएका छन्,बजेटमा त्यति मात्रै छैन । वक्तव्यमा आउने कुरा र बजेटको व्यवस्था गर्ने कुरा अलिकति फरक हुँदो रहेछ । वक्तव्यमा सबै कुरा आएका हुँदैनन्,’उनले भने,‘विराटनगर चक्रपथको र मेडिकल कलेजसँग सम्बन्धित कुरा बजेटमा परेको छ । तर, वक्तव्यमा आएन । वक्तव्यमा नआएका त्यस्ता केही कुराहरू बजेटमा समेटिएका छन् ।’  

प्रधानमन्त्री दाहालले बजेटमा कोशी प्रदेशलाई उपेक्षा नगरिएको बताए । कोशी प्रदेशलाई आवश्यकता एवं स्थिति अनुसार पर्याप्त बजेट र कार्यक्रम दिइएको उनको दाबी छ । तर,कोशीलाई बजेट कम भयो भनेर गलत प्रचार गरिएको उनको भनाइ छ । 

अर्को प्रसंगमा दाहालले नेकपा (एकीकृत समाजवादी) अहिलेको समीकरणभन्दा बाहिर जान नसक्ने जिकिर गरे । ‘माधवजी (माधवकुमार नेपाल) पहिलेदेखि नै उता पनि र यता पनि दुवैतिर जोडिनेजस्तो देखिनु भएको थियो । तर,अहिले बिहान मेरो कुरा हुँदा यो समीकरणभन्दा बाहिर छैन र हुँदैन भन्ने कुरामा उहाँले ‘क्लियर’गर्नुभयो,’दाहालले भने । 

मधेस प्रदेशमा अहिलेको समीकरणभन्दा बाहिर सरकार नबन्ने उनको दाबी छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.