करोडौं रकम अपचलन गरी फरार रहेका युएम बचत तथा ऋण सहकारीका प्रबन्धकसहित तीनजना पक्राउ

करोडौं रकम अपचलन गरी फरार रहेका युएम बचत तथा ऋण सहकारीका प्रबन्धकसहित तीनजना पक्राउ
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

 सिन्धुपाल्चोक : बचतकर्ताको रकम हिनामिना गरि फरार रहेका युएमबचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रबन्धक लगायत तीनजना पक्राउ परेका छन् ।

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रही सिन्धुपाल्चोकको चौतारासहित विभिन्न स्थानमा शाखा कार्यालय स्थापना गरी करोडौं रकम अपचलन गरेको आरोपमा सहकारी संस्थाका केन्द्रिय प्रवन्धक बनेपा नगरपालिका– १ का ३० वर्षीय रुषन श्रेष्ठ, सञ्चालक समितिका सदस्य सिन्धुपाल्चोकको बलेफी गाउँपालिका– १ का ६२ वर्षका राजन श्रेष्ठ र चौतारा शाखा प्रवन्धक चौतारा साँगाचोकगढी नगरपालिका– ५ का ३१ वर्षका रामकृष्ण कार्की पक्राउ परेका हुन् ।

बचत रकम अपचलन तथा हिनामिना गरि फरार भएपछि ८८ जना सहकारी सदस्यहरूले प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी अनुसार उनीहरुले बचत कर्ताको ७ करोड ८९ लाख १९ हजार ९ सय ७७ रुपैयाँ हिनामिना गरेका छन् । 

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक निरञ्जन भट्टराईका अनुसार पक्राउपश्चात जिल्ला अदालतबाट म्याद थप भइ आवश्यक अनुसन्धान कार्य भइरहेको छ ।
प्रहरीका अनुसार काभ्रेपलाञ्चोक बनेपा नगरपालिका वडा नं.१० मा केन्द्रिय कार्यालय रहेको युएम बचत तथा ऋण सहकारी संस्था लिमिटेले सिन्धुपाल्चोक जिल्ला भित्रका विभिन्न शाखा कार्यालयहरु मार्फत निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनि प्रलोभन देखाएका थिए । 

निक्षेपकर्ताको रकम सहकारी मुद्दती निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक, त्रैमासिक, वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण सावा ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचत कर्ताहरुले रकम जम्मा गरेका थिए ।

पटक पटक ताकेता गर्दा पनि बचत रकम फिर्ता नदिएकोले आफ्नो निक्षेप जोखिममा रहेको भन्दै बचतकर्ता प्रहरीसम्म पुगेका थिए । कर्मचारी तथा सञ्चालक समितिका पदाधिकारीहरुलाई लामो समयदेखि ध्यानाकर्षण गराउँदा समेत नियम अनुसार पाउनु पर्ने निक्षेप र सो को ब्याज रकम नपाएको पीडितको गुनासो छ । 

निक्षेप र ब्याज रकम दिनुको साटो संस्था नै बन्द गरि फरार रहेपछि प्रहरीले उनीहरुको खोजी सुरु गरेको थियो ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.