प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र झलनाथ खनालबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ। उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको खनालको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री दाहाललाई भेट्न पूर्वप्रधानमन्त्री समेत रहेका खनाल बिहीबार बिहान बालुवाटार पुगेका थिए। भेटमा संघीय सरकार, प्रदेश सरकार र वाम एकताका विषयमा छलफल भएको बताइएको छ।

बुधबार साँझ मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित कांग्रेस सभापति शेरबहादुर देउवा,जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.