भन्सार दर बढेपछि सुनको मूल्य आकासियो, तोलाको १ लाख ४० हजार ५०० पुग्यो
![भन्सार दर बढेपछि सुनको मूल्य आकासियो, तोलाको १ लाख ४० हजार ५०० पुग्यो](https://annapurnapost.prixacdn.net/media/albums/gold_5kwfkIsnMC_GDIiOXI2ej.jpg)
काठमाडौं : सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य ह्वात्तै बढेको छ। आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ। यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० कायम भएको छ। तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)